T20WC : न्युजिल्यान्ड पहिलो पटक फाइनलमा, मिचेलको उत्कृस्ट पारि

इंग्ल्यान्डलाई ५ विकेटले पराजित गर्दै न्युजिल्यान्ड पहिलो पटक टि-ट्वान्टी विश्वकपको फाइनल पुगेको छ। यस अघि सन् २००७ र २०१६ मा न्युजिल्यान्डको यात्रा सेमीफाइनलमा टुंगेको थियो।

युएईको अबुधाबी स्थित शेख जायद स्टेडियममा इंग्ल्यान्डले दिएको १६७ रनको लक्ष्य न्युजिल्यान्डले १ ओभर बाँकी रहँदै ५ विकेट गुमाएर पुरा गर्यो। न्युजिल्यान्डको लागि ओपनर डेरेल मिचेलले सर्वाधिक ७२ रन बनाए जुन क्रममा अविजित रहँदै ४७ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। यस्तै डेभोन कनवेले ३८ बलमा ५ चौका र १ छक्का मद्दतले ४६ रन बनाए र जेम्स निशमले ११ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै २७ रन बनाए।

लक्ष्य पछ्याउने क्रममा ओपनर मार्टिन गप्टिललाई सुरुवातमै क्रिस वोक्सले क्याच आउट पारे। पावरप्लेमा न्युजिल्यान्डले २ विकेट क्षेतीमा ३६ रन बनायो। त्यसपछि डेभोन कनवे र डेरेल मिचेलले तेश्रो विकेटको लागि ८१ रनको साझेदारी गरे। चौधौं ओभरमा कनवेलाई लियाम लिभिंगस्टोनले क्याच आउट पारे भने लगत्तै उनले ग्लेन फिलिप्सलाई पनि क्याच आउट पारे।

जितको लागि २४ बलमा ५७ रन आवस्यक हुँदा क्रिस जोर्डनले गरेको १७ औं ओभरमा २३ रन खर्चिए। निशमले २ छक्का र १ चौका प्रहार गरे। अठारौं ओभरमा आदील रशिदले १४ रन खर्चे पनि अन्तिम बलमा निशमलाई क्याच आउट पार्दै इंग्ल्यान्डलाई खेलमा फर्काए। जितको लागि अन्तिम २ ओभरमा २० रन आवस्यक रह्यो। क्रिस वोक्सले गरेको उन्नाईसौं ओभरको दोश्रो र तेश्रो बलमा मिचेलले लगातार छक्का तथा अन्तिम बलमा चौका प्रहार गर्दै खेल जिताए।

इंग्ल्यान्डको बलिंगमा लियाम लिभिंगस्टोन ( ४-०-२२-२ ) र क्रिस वोक्सले ( ४-१-३६-२ ) समान २ विकेट लिए भने आदील रशिद ( ४-०-३९-१ ) ले एक विकेट लिए।

टस हारेर ब्याटिंग गरेको इंग्ल्यान्डले २० ओभरमा ४ विकेट क्षेतीमा १६६ रन बनाएको थियो। इंग्ल्यान्ड ब्याट्सम्यान मोइन अलिले सर्वाधिक ५१ रन बनाए जुन क्रममा ३७ बलमा ३ चौका र २ छक्का प्रहार गरे। यस्तै डेविड मलानले ३० बलमा ४ चौका र १ छक्का मद्दतले ४१ रन बनाए। जोस बटलरले २९, लियाम लिभिंगस्टोनले १७ तथा जोनी बेयरस्टोले १३ रन बनाए। मलान र अलि बीच तेश्रो विकेटको लागि ६३ रनको साझेदारी भयो।

न्युजिल्यान्ड बलर टिम साउदी ( ४-०-२४-१ ) , एडम मिल्ने ( ४-०-३१-१ ) , इश सोढी ( ४-०-३२-१ ) , जेम्स निशमले ( २-०-१८-१ ) समान एक विकेट लिए।

प्रतियोगिता अन्तर्गत दोश्रो सेमीफाइनल खेल बिहिबार अस्ट्रेलिया र पाकिस्तान बीच खेलिनेछ। खेल दुबई अन्तर्राष्ट्रिय स्टेडियममा राति ७:४५ बजे सुरु हुनेछ।





थप समाचार

आइपीएल : कोलकाता र दिल्ली खेल्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज कोलकाता नाइटराइडर्स र दिल्ली क्यापिटल्सबीच खेल हुदैछ । कोलकाताको घरेलु मैदान इडन […]

अभानी प्रिमियर लिग : अभानी र खुकुरीको जित

काठमाडौं । अस्ट्रेलियाको सिड्नीमा जारि अभानी प्रिमियर लिगमा अभानी क्रिकेट क्लब र रोयल खुकुरी क्रिकेट क्लबले जित निकालेका छन् । […]

विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा भएको छ […]

हैदराबादमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४६ औं खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादमाथि सहज जित हात पारेको […]

गायकवाड शतकबाट चुक्दा हैदराबादले पायो २१३ रनको लक्ष्य

काठमाडौं । कप्तान ऋतुराज गायकवाड शतकबाट २ रनले चुक्दा १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४६ औं खेलमा चेन्नई सुपर […]

ज्याक्सको शतकमा बेंगलुरुको लगातार दोस्रो जित

काठमाडौं । विल ज्याक्सको शतकीय इनिङको सहयोगमा १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल) को ४५ औं खेलमा रोयल च्यालेनजर्स बेंगलूरुले […]