सिताको कीर्तिमानी स्कोर, नेपालको हालसम्मकै ठूलो योगफल

नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको कतार भ्रमण अन्तर्गत टि-२० अन्तर्राष्ट्रिय सिरिजको तेश्रो तथा अन्तिम खेलमा टस जितेर पहिले ब्याटिंग गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट क्षेतीमा १६४ रन बनाउदै कतारलाई १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

नेपालले बनाएको १६५ रन टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली महिला क्रिकेट टिमको सर्वाधिक योगफल हो। यस अघि कतारसंग पहिलो खेलमा बनाएको १४६ रन सर्वाधिक स्कोर थियो।

नेपालको ब्याटिंगमा ओपनर सिता राना मगरले सर्वाधिक ८२ रन योगदान दिईन्। अविजित रहने क्रममा उनले ७२ बलमा ७ चौका प्रहार गरिन्। इन्दु बर्मा र रुबिना क्षेत्री पछि सिता टि-२० अन्तर्राष्ट्रियमा अर्धशतक बनाउने तेश्रो नेपाली महिला क्रिकेटर बनिन्।सिताको स्कोर नेपाली महिला क्रिकेटरको टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक स्कोर समेत हो। यस्तै ज्योति पाण्डेले २४, सरिता मगरले १७ तथा डली भट्टले १२ रन योगदान दिए।

सिताले काजलसंग पहिलो विकेटको लागि ३२ रनको साझेदारी गरिन्। काजल पाँचौ ओभरमा आउट भएपछि सिता र ज्योतिले दोश्रो विकेटको लागि ६७ रनको साझेदारी गरे। ज्योति र डली भट्ट आउट भएपछि सिता र सरिता बीच चौंथो विकेटको लागि ४२ रनको साझेदारी भयो।

सिरिज अन्तर्गत पहिलो र दोश्रो खेल नेपालले क्रमशः ११९ र ६१ रनले जितेको थियो।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]