स्कुल क्रिकेट लिग : युनाइटेड, डीएभी, मोक्षदा र अक्षरा सेमीफाइनलमा

ग्रेट हिमालय क्रिकेट एकेडेमीको आयोजनामा ललितपुरको हत्तिबनमा जारि इन्डोर स्कुल क्रिकेट लिगको सेमीफाइनल समीकरण पुरा भएको छ।

युनाइटेड स्कुल र डीएभी स्कुल तथा मोक्षदा स्कुल र अक्षरा स्कुल बुधबार फाइनल प्रवेशको लागि प्रतिस्पर्धा गर्नेछन्। भोलिनै फाइनल पनि हुनेछ।

सेमीफाइनलमा स्थान पक्का गर्ने क्रममा युनाइटेडले काभ्या स्कुललाई ७ विकेटले तथा अक्षरा स्कुललाई ६ विकेटले पराजित गर्यो। यस्तै एलआरई स्कुलसंग ५ विकेटले पराजित डीएभीले निस्ट स्कुललाई १०८ रनले पराजित गर्यो।

मोक्षदा स्कुलले एलआरआईलाई सुपर ओभरमा तथा रोजबडलाई ६७ रनले पराजित गय्रो। अक्षर स्कुलले सैनिक स्कुललाई ७ विकेटले पराजित गर्दा युनाइटेडसंग पराजित भएता पनि सेमीफाइनलमा स्थान पक्का गर्न सक्यो।

मंगलबार सम्पन्न अन्य खेलहरुमा सैनिक स्कुलले एभरेस्ट स्कुललाई ५३ रनले तथा काभ्या स्कुलले एभरेस्ट स्कुललाई १३ रनले पराजित गरेता पनि सेमीफाइनलमा स्थान बनाउन असफल रहे।

प्रतियोगितामा युनाइटेड स्कुल, एभरेष्ट स्कुल, अक्षरा स्कुल, काभ्या स्कुल, सैनिक स्कुल, मोक्षदा स्कुल, निस्ट स्कुल, एलआरआई स्कुल, रोजबड स्कुल र डीएभी स्कुल गरि उपत्यकाका १० टिमहरु सहभागी छन्।





थप समाचार

पञ्जाबमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५३ औं खेलमा चेन्नई सुपर किंग्सले पञ्जाब किंग्समाथि सहज जित […]

सातौँ सिजनको नेकोस कर्पोरेट सुपर सिक्सेज सुरु : एनआईसी एसियाको दोहोरो जित

काठमाडौँ, वैशाख २३- सातौँ संस्करणको नेकोस कर्पोरेट सुपर सिक्सेज २०२४ काठमाडौँको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको छ। प्रतियोगिता अन्तर्गत […]

यस्तो छ विश्वकपका लागि नेपाली टोली

काठमाडौं । दश वर्ष पछि नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने विश्वकपमा स्थान पक्का गरेको […]

अनिल र आशिफको अर्धशतकमा नेपाल विजयी

काठमाडौं । ओपनर आशिफ शेख तथा अनिल शाहको अर्धशतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ […]

अन्तिम खेल जित्न नेपाललाई १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेल जित्न नेपालले १ सय ७३ रनको […]

नेपालले टस हार्यो, नेपाली टिममा दुई परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पाँचौ खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]