अन्तर बिद्यालय इन्डोर क्रिकेट प्रतियोगिता सम्पन्न

ललितपुरमा अवस्थित डिएभी स्कुलमा अन्तर बिद्यालय इन्डोर क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । डिएभी स्पोटस् एकेडेमीले आयोजना गरेको प्रतियोगितामा १० वटा बिद्यालयले सहभागिता जनाएका थिए । टुरनामेन्टको फाईनलमा अक्षरा स्कुलले एल आर आई स्कुललाई पराजित गर्दै उपाधी हासिल गर्न सफल भयो।

टस जितेर बलिङ रोजेको अक्षरा स्कुलले एल आर आई स्कुललाई ७२ रन मा रोकेको थियो। ७३ रनको लक्ष्य पाएको अक्षरा स्कुल ले अन्तिम ओभरमा ३ विकेटले खेल जितेको थियो।

प्रतियोगिताको प्लेयर अफ द टुरनामेन्ट एल आर आई स्कुलका आसिश रुद्र भएका थिए । प्रतियोगिताको फाईनल नेपाली क्रीकेट टिमका खेलाडी दिलिप नाथको प्रमुख अतिथिमा सम्पन्न भएको थियो । प्रतियोगितालाई डिएभी स्कुल र स्काइलाइन नेपाल प्रालिले सहयोग गरेको थियो।

 





थप समाचार

चेन्नईमाथि पञ्जाबको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि पञ्जाब किंग्सले जित निकालेको […]

गायकवाडको अर्धशतकमा चेन्नईले पञ्जाबलाई दियो १६३ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ४९ औं खेलमा कप्तान ऋतुराज गायकवाडको अर्धशतकको सहयोगमा चेन्नई सुपर […]

विश्वकपका लागि नेपाली टोलीको घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि नेपाली टोलीको घोषणा भएको छ […]

अकिवको कप्तानीमा ओमानको टोली घोषणा

काठमाडौं । अलराउन्डर अकिव इलियाल्सको कप्तानीमा ओमानले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागी […]

चार्ल्सको शतकमा नेपाल पराजित

काठमाडौं । ओपनर जोनसन चार्ल्सको शतकको सहयोगमा पाँच खेलको टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ए सँग पराजित भएको […]

चार्ल्सको शतकमा नेपाललाई २२८ रनको लक्ष्य

काठमाडौं । ओपनर जोनसन चार्ल्सको शतकको सहयोगमा पाँच खेलको टी-२० सिरिजको तेस्रो खेलमा नेपालले वेस्ट इन्डिज ए बाट २ सय […]