सर्यो नेपाल टि-ट्वान्टी लिग

Nepal T20 League Logo

यही सेप्टेम्बर २४ तारिख देखि सुरु हुने भनिएको नेपाल टि-ट्वान्टी लिगको पहिलो संस्करण निर्धारित मितिमा नहुने भएको छ।

नेपाल क्रिकेट संघले बुधबार प्रेस बिज्ञप्ति जारि गर्दै लिग डिसेम्बरमा आयोजना हुने बताएको छ।

क्यानका अनुसार गृहमन्त्रालयले प्रतियोगिता सार्न निर्देशन दिएको हो। क्यानले बिज्ञप्ति संगै गृह मन्त्रालयले पठाएको पत्र पनि राखेको छ। उक्त पत्रमा मन्त्रालयले क्रिकेट प्रतियोगिताको लागि खेल मैदान र खेलाडीहरुको बसोबास गर्ने होटलमा आवस्यक सुरक्षा व्यवस्था गर्न क्यानले अनुरोध गरेको तर आगामी प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका बिभिन्न कार्यक्रमहरु हुने हुँदा सो निर्वाचन पश्चात लिग गर्न आदेशअनुसार अनुरोध गरिएको छ।

बिज्ञप्तिमा क्यानले लिग अब डिसेम्बर ११ तारिख देखि ३१ तारिखसम्म संचालन गर्न प्रस्ताव गरिएको बताएको छ।

प्रतियोगितामा काठमाडौँ गुर्खाज पोखरा एभेन्जर्स, बिराटनगर सुपर किंग्स, जनकपुर रोयल्स, लुम्बिनी अल स्टार्स, फारवेस्टर्न युनाइटेड गरि ६ टिम सहभागी छन्। यसै साता लिगको ड्राफ्ट समेत सम्पन्न भैसकेको छ।

सम्बन्धित : 

नेपाल टि-२० को ड्राफ्ट सम्पन्न, कुन टिममा को-को खेलाडी छन्

नेपाल टि-२० को ड्राफ्ट सम्पन्न, कुन टिममा को-को खेलाडी छन्





थप समाचार

विश्वकपका लागि युगान्डा र स्कटल्यान्डको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका तथा वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी२० विश्वकपका लागि युगान्डा र स्कटल्यान्डको […]

सुर्यकुमारको शतकमा मुम्बईको सहज जित

काठमाडौं । सूर्यकुमार यादवको शतकको सहयोगमा मुम्बई इण्डियन्सले १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार सनराइजर्स हैदराबाद माथि […]

कर्पोरेट सुपर सिक्सेस सिजन–७ को क्वार्टरफाइनल समीकरण तय

काठमाडौं, वैशाख २४– माछापुच्छ्रे बैंक र एनसेल लिजेन्ड्स जारी कर्पोरेट सुपर सिक्सेस सिजन–७ मा समूहचरणको खेलमा अपराजित रहँदै क्वार्टरफाइनलमा पुगेका […]

पञ्जाबमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५३ औं खेलमा चेन्नई सुपर किंग्सले पञ्जाब किंग्समाथि सहज जित […]

सातौँ सिजनको नेकोस कर्पोरेट सुपर सिक्सेज सुरु : एनआईसी एसियाको दोहोरो जित

काठमाडौँ, वैशाख २३- सातौँ संस्करणको नेकोस कर्पोरेट सुपर सिक्सेज २०२४ काठमाडौँको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको छ। प्रतियोगिता अन्तर्गत […]

यस्तो छ विश्वकपका लागि नेपाली टोली

काठमाडौं । दश वर्ष पछि नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने विश्वकपमा स्थान पक्का गरेको […]