सर्यो नेपाल टि-ट्वान्टी लिग

यही सेप्टेम्बर २४ तारिख देखि सुरु हुने भनिएको नेपाल टि-ट्वान्टी लिगको पहिलो संस्करण निर्धारित मितिमा नहुने भएको छ।

नेपाल क्रिकेट संघले बुधबार प्रेस बिज्ञप्ति जारि गर्दै लिग डिसेम्बरमा आयोजना हुने बताएको छ।

क्यानका अनुसार गृहमन्त्रालयले प्रतियोगिता सार्न निर्देशन दिएको हो। क्यानले बिज्ञप्ति संगै गृह मन्त्रालयले पठाएको पत्र पनि राखेको छ। उक्त पत्रमा मन्त्रालयले क्रिकेट प्रतियोगिताको लागि खेल मैदान र खेलाडीहरुको बसोबास गर्ने होटलमा आवस्यक सुरक्षा व्यवस्था गर्न क्यानले अनुरोध गरेको तर आगामी प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका बिभिन्न कार्यक्रमहरु हुने हुँदा सो निर्वाचन पश्चात लिग गर्न आदेशअनुसार अनुरोध गरिएको छ।

बिज्ञप्तिमा क्यानले लिग अब डिसेम्बर ११ तारिख देखि ३१ तारिखसम्म संचालन गर्न प्रस्ताव गरिएको बताएको छ।

प्रतियोगितामा काठमाडौँ गुर्खाज पोखरा एभेन्जर्स, बिराटनगर सुपर किंग्स, जनकपुर रोयल्स, लुम्बिनी अल स्टार्स, फारवेस्टर्न युनाइटेड गरि ६ टिम सहभागी छन्। यसै साता लिगको ड्राफ्ट समेत सम्पन्न भैसकेको छ।

सम्बन्धित : 

नेपाल टि-२० को ड्राफ्ट सम्पन्न, कुन टिममा को-को खेलाडी छन्

नेपाल टि-२० को ड्राफ्ट सम्पन्न, कुन टिममा को-को खेलाडी छन्

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy