प्रम कप : गण्डकी र एपीएफको खेल टाई, सुदूरपश्चिमको खराब लय कायमै

२०७९ कार्तिक १८, शुक्रबार २०:१५

सुदूरपश्चिम प्रदेशलाई १ सय ६९ रनले हराउँदै त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । पहिलो खेलमा आर्मी एपीएफसंग पराजित भएको थियो।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा सुदूरपश्चिमविरुद्ध शान्दार जित निकाल्दै आर्मीले २ अंक जोडेको हो । २ सय ८३ रनको लक्ष्य पछ्याउँदै जवाफि ब्याटिङ गरेको सुदुरपश्चिम २९ ओभर ४ बलमा अलआउट हुँदै १ सय १३ रनमै रोकियो । उसका वसन्त खत्रीले २५ रन बनाउनु बाहेक अन्य ब्याटर सस्तैमा आउट भए ।

सुदूरपश्चिमलाई धरासयी बनाउन आर्मीका जितेन्द्र मुखियाले ३ विकेट लिए । त्यस्तै विक्रम शोब र साहब आलमले २/२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८२ रन बनायो ।

१३ रन बनाउदा ओपनर हरी चौहानलाई गुमाएको आर्मीका लागि अर्जुन साउद र भिम सार्कीले ९६ रनको साझेदारी गरे । अर्जुन साउदले सर्वाधिक ७३, रोहित पौडेलले ५२, कुशल मल्लले ४३, भिम सार्कीले ३४ र कप्तान विनोद भण्डारीले २८ रन जोडे । बलिङमा हेमन्त धामी, नारायण जोशी र गजेन्द्र बोहोराले २/२ विकेट लिए ।

टाईमा रोकियो एपीएफ 

अर्को खेलमा एपीएफ र गण्डकी प्रदेशले बराबरी खेल्दै अंक बाँडेका छन् । मुलपानी मैदानमा १ सय १६ रनको विजयी लक्ष्य पछ्याएको गण्डकीले ३१ ओभरमा सबै विकेट गुमाएर १ सय १५ रन बनायो ।

लक्ष्य पछ्याउने क्रममा ६० रनमा ३ विकेट गुमाएको अवस्थाबाट एपीएफले पुनरागमन गर्दै लगातार विकेट निकायो .फलस्वरुप गण्डकी ८८/८ को अवस्थामा पुग्यो। कप्तान बिपिन खत्री र कमल परियारले नवौं विकेटको लागि १४ रन जोडे। १७ रन बनाएका खत्रीलाई किशोर महतोले आउट गरे। नवौं विकेटको लागि कमलले चन्द्र पौडेलसंग १३ रनको साझेदारी गरेता पनि मौसम ढकालले कमललाई बोल्ड गर्दै खेल टाई गराए।

बलिङमा एपिएफका किशोर महतो र प्लेयर अफ द म्याच घोषित मौसम ढकालले ४/४ विकेट लिए ।

यसअघि म टस हारेर पहिले ब्याटिङ थालेको एपिएफ ३५ ओभर १ बलमा १ सय १५ रन बनाउँदै अलआउट भयो । एपिएफलाई सस्तैमा रोक्न गण्डकीका अमृत गुरुङ र अर्जुन कुमालले ३–३ र सुवाष भण्डारीले २ विकेट लिए । एपीएफको लागि भुवन कार्कीले अविजित २४ रन, पुरन बिकले २३ रन तथा लोकेश बम र सन्दिप सन्दिप जोराले २२/२२ रन बनाए।

जितपछि एपीएफ र गण्डकीले समान ३ खेल खेल्दा २ जित र १ टाई खेल पछि ५ अंक बटुलेका छन्। नेट रन रेटमा एपीएफ पहिलो र गण्डकी दोश्रो स्थानमा छ। आर्मी २ खेलमा २ अंक सहित तेश्रो स्थानमा छ। जितविहिन कर्णाली र सुदूरपश्चिम चौंथो र पाँचौ स्थानमा छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy