U19 National : आकाशको ह्याट्रिक विकेट, सुदूरपश्चिम फाइनल पुग्दा मधेश प्रदेशको पहिलो जित

Aakash Chand

सुदूरपश्चिम प्रदेश काठमाडौंमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मुलपानी क्रिमेट मैदानमा शुक्रबार भएको लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई सात विकेटले हरायो ।

सुदूरपश्चिमले अपराजित यात्रा कायम राख्दै फाइनलमा स्थान बनाएको हो । मौसमका कारण केहि ढिला सुरु भएको खेल ४५ ओभरमा झारिएको थियो । बागमतीले जितका लागि दिएको एक सय २५ रनको लक्ष्य सुदूरपश्चिमल १९.१ ओभरमा पूरा गरेको थियो ।

सुदूरपश्चिमको जितमा कप्तान अनुराग सिंहलेअविजित ३९ रन बनाए । मिलन बोहोराले ३३, गजेन्द्र बोहोराले अविजित १९, दिपक बोहोराले १७ र दीपक बोहोराले १० रन बनाए। बलिङमा बागमतीका रोसन विकले दुई तथा प्रतिक श्रेष्ठले एक विकेट लिए ।

यसअघि ब्याटिङ गरेको बागमती २८.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय २३ रन बनायो । बागमतीका लागि प्रतिक श्रेष्ठले ४४ रन बनाए । रोशन विकले अविजित ३६ र सक्षम बस्ताकोटीले ३३ रन बनाए ।

बलिङमा सुदूरपश्चिममा आकाश चन्दले ह्याट्रिक सहित चार विकेट लिए । चन्दले इनिन्ग्सको उनन्तीसौं ओभरको दोश्रो, तेश्रो र चौंथो बलमा सक्रिय कार्कीलाई एबिडब्लु, अविशेक कोइराला र एहमद राजालाई बोल्ड गर्दै ह्याट्रिक पुरा गरे। हेमन्त धामीले तीन तथा नरेन साउदले दुई र युवराज खत्रीले एक विकेट लिनुभयो।

लिग चरणमा सबै खेल जितेको सुदूरपश्चिम अंकतालिकाको शिर्षमा रह्यो। फाइनल पुग्ने दोश्रो टिम शनिवार ललितपुर र मधेश प्रदेश बीचको खेलले गर्नेछ। लुम्बिनीले मधेश प्रदेशलाई पराजित गरे फाइनल पुग्नेछ। लुम्बिनी पराजित भएको खण्डमा लुम्बिनी र बागमतीको समान ८ अंक हुनेछ जसकारण अंकतालिकामा अघि हुने टिम फाइनल पुग्नेछ।

मधेश प्रदेशको पहिलो जित 

टियु मैदानमा सम्पन्न दोश्रो खेलमा मधेश प्रदेशले गण्डकी प्रदेशलाई ५ विकेटले हरायो। गण्डकीले दिएको २१४ रनको लक्ष्य मधेशले ५ विकेट क्षेतीमा ४८.३ ओभरमा भेटायो।

मधेशको ब्याटिंगमा ओपनर मायान यादवले सर्वाधिक ४९ रन तथा मेघ राज रामले ४३ रन बनाए। अलि अन्सारीले ३२, इमरान शेखले २७, सरफराज मन्सुरी र डब्लु मलिकले समान २१ रन तथा कप्तान अविशेक तिवारीले अविजित १३ रन बनाए। मायान र मेघले ७४ रनको ओपनिंग साझेदारी गरे। दोश्रो विकेटको लागि मायाँ र इमरानले ४४ रन जोडे।

यस अघि टस हारेर ब्याटिंग गरेको गण्डकीले ४८.५ ओभरमा २१३ रन बनायो। गण्डकीका ओपनर गोविन्द बिकले सर्वाधिक ५३ रन बनाए। सुजन गौतमले ३०, सुदिप अर्यालले २७, करन पंगेनीले २५ तथा सिब्रिन श्रेष्ठले १६ रन बनाए।

मधेशका बलर साइमन रोयले ३, अब्जित मण्डल, अविशेक तिवारी र नितेश यादवले २-२ विकेट लिए। निकेश गुप्तले १ विकेट लिए।

 





थप समाचार

अनिल र आशिफको अर्धशतकमा नेपाल विजयी

काठमाडौं । ओपनर आशिफ शेख तथा अनिल शाहको अर्धशतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ […]

अन्तिम खेल जित्न नेपाललाई १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेल जित्न नेपालले १ सय ७३ रनको […]

नेपालले टस हार्यो, नेपाली टिममा दुई परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पाँचौ खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि अमेरिका र वेस्ट इन्डिजको टोली घोषणा

काठमाडौं । आगामी जुनमा आयोजना हुने टी-२० विश्वकपको संयुक्त आयोजक रहेका अमेरिका र वेस्ट इन्डिजले विश्वकपका लागि टोली घोषणा गरेका […]

वेस्ट इन्डिज ए सँगको अन्तिम खेल आज

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा […]

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]