मिलन चम्किंदा, सुदूरपश्चिम बन्यो यु-१९ राष्ट्रिय च्याम्पियन

डिफेन्डिङ च्याम्पियन लुम्बिनी प्रदेशलाई पराजित गर्दै सुदूरपश्चिम प्रदेशले अन्डर-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। गत वर्ष लुम्बिनी प्रदेशले सुदूरपश्चिमलाई ११३ रनले पराजित गर्दै उपाधि जितेको थियो। सुदूरपश्चिम प्रतियोगितामा सबै ७ खेलमा अपराजित रहँदै जित हात पार्न सफल रह्यो।

टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सम्पन्न फाइनलमा लुम्बिनीले दिएको ९३ रनको लक्ष्य सुदूरपश्चिमले २१ ओभरमा ४ विकेट गुमाएर भेटायो।

सुदूरपश्चिमको लागि गजेन्द्र बोहराले सर्वाधिक ३९ रन बनाए जुन क्रममा अविजित रहँदै १९ बलमा ६ चौका र २ छक्का प्रहार गरे। दिपक बोहराले २५ तथा कप्तान अनुराग सिंहले २२ रन बनाए। लुम्बिनीका रमेश कुर्मीले २ तथा निर्मल गुरुङ र अभिशेक गौतमले १/१ विकेट लिए।

Milan Bohara
Milan Bohara ले ५ विकेट लिए ( फाइल फोटो )

यस अघि टस जितेर ब्याटिंग रोजेको लुम्बिनीले २९.१ ओभरमा ९२ रन बनाउदा सबै विकेट गुमायो।

लुम्बिनीका ओपनर आकाश त्रिपाठीले ३८ तथा नर सार्कीले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। अतिरिक्तको रुपमा सुदूरपश्चिमले १८ रन खर्चियो। ४८ रनमा १ विकेट गुमाएको अवस्थाबाट लगातार विकेट गुमाएको लुम्बिनीले थप ४४ रन बनाउदा सबै विकेट गुमायो।

सुदूरपश्चिमका देब्रे हाते स्पिनर मिलन बोहरा एक्लैले ५ विकेट लिए जुन क्रममा ९ ओभरमा २ मेडन ओभर गर्दै १५ रन खर्चिए। हेमन्त धामी ( ६-०-१३-२ ) र नरेन साउदले ( ५.१-०-१४-२ ) २/२ तथा आकाश चन्दले १ विकेट लिए।





थप समाचार

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]

चेन्नईमाथि पञ्जाबको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि पञ्जाब किंग्सले जित निकालेको […]