प्रतिस्पर्धात्मक खेलमा श्रीलंकाद्वारा भारत पराजित

दोश्रो खेलमा भ्रमण टोलि श्रीलंकालाई १६ रनले पराजित गर्दै तिन खेलको टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज श्रीलंकाले बराबरी गरेको छ।

पुनेमा सम्पन्न खेलमा श्रीलंकाले दिएको २०७ रनको लक्ष्य पछ्याएको भारतले पुरै २० ओभर ब्याटिंग गर्दै ८ विकेट क्षेतीमा १९० रन मात्र बनाउन सक्यो।

लक्ष्य पछ्याउने क्रममा भारतले खराब सुरुवात गर्यो जुन क्रममा ५७ रन बनाउदा ५ विकेट गुमायो। छैठौं विकेटको लागि सुर्यकुमार यादव र अक्षर पटेलले ९१ रनको साझेदारी गर्दै भारतलाई खेलमा फर्काए।

सोह्रौं ओभरमा सुर्यकुमारलाई दिल्शान मदुशंकाले क्याच आउट पारे। त्यस अघि यादवले ३६ बलमा ३ चौका र ३ छक्का मद्दतले ५१ रन बनाए। त्यसपछि अक्षरले शिभम माभीले ४१ रनको साझेदारी गरे।

अन्तिम ओभरमा जित्न २१ रन आवस्यक हुँदा कप्तान दासुन शनाकाले तेश्रो बलमा अक्षर पटेल र छैठौ बलमा शिभम माभीको विकेट लिंदै ४ रन मात्र खर्चेर श्रीलंकालाई जित दिलाए। २० बलमा  अर्धशतक पुरा गरेका अक्षरले ३१ बलमा ३ चौका र ६ छक्का मद्दतले ६५ रन बनाए। शिभम माभीले १५ बलमा २ चौका र २ छक्का मद्दतले २६ रन बनाए।

श्रीलंकाको बलिंगमा दासुन शनाका ( २/४ ) , दिल्शान मदुशंका ( २/२२   र कसून रजीथा ( २/२२ ) ले २/२ विकेट , चमिका करुना रत्ने ( १/४१ र वानिन्दु हसरंगा ( १/४१ ) ले १/१ विकेट लिए।

टस हारेर ब्याटिंग गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर २०६ रन बनायो।

श्रीलंकाको लागि कप्तान दासुन शनाकाले सर्वाधिक ५६ रन बनाए जुन क्रममा अविजित रहँदै उनले २२ बलमा २ चौका र ६ छक्का प्रहार गरे। कुशल मेन्डीसले ३१ बलमा ३ चौका र ४ छक्का मद्दतले ५२ रन बनाए। चरिथ असलंकाले १९ बलमा ३७ तथा पथुम निसंकाले ३५ बलमा ३३ रन बनाए।

मेन्डीस र निसंकाले ८० रनको ओपनिंग साझेदारी गरेका थिए। उक्त साझेदारी पछि नियमित अन्तरलमा विकेट गुम्यो। १३८/६ को अवस्थाबाट कप्तान शनाकाले सातौँ विकेटको लागि चमिका करुनारत्नेसंग मात्र २४ बलमा अविजित ६८ रनको साझेदारी गरे। भारतले अतिरिक्तको रुपमा १२ रन दियो जसमा ७ वटा नो बल समाबेश थियो।

भारतको बलिंगमा उम्रान मालिकले ३ विकेट ( ३/४८ ) , अक्षर पटेलले २ विकेट ( २/२४ ) तथा युजभेन्द्र चाहलले १ विकेट ( १/३० ) लिए।





थप समाचार

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]