यु-१९ विश्वकप एसिया छनोट खेल्ने टिमको घोषणा

आगामी महिना फेब्रुअरीमा युएईमा आयोजना हुने अन्डर-१९ विश्वकप एसिया छनोट प्रतियोगिताको लागि नेपाल क्रिकेट संघले १४ सदस्यीय टिमको घोषणा गरेको छ। क्यानले काठमाडौँमा जारि रहेको बन्द प्रशिक्षणबाट टिम छनोट गरेको हो।

प्रतियोगितामा नेपाल सहित कुवेत, मलेसिया, युएई, हंगकंग र सिंगापुर प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको विजेता टिम २०२४ मा श्रीलंकामा आयोजना हुने यु-१९ विश्वकप खेल्न छनोट हुनेछ। सन् २०१६ पछि नेपाल यु-१९ विश्वकपमा छनोट हुन सकेको छैन।

क्यानद्वारा घोषित टिममा राष्ट्रिय टिमको लागि खेलीसकेका देव खनाल, गुल्शन झा पनि छन्। यस्तै यस अघि यु-१९ राष्ट्रिय टिमको प्रतिनिधित्व गरिसकेका अर्जुन कुमाल, दिपेश कंडेल, दुर्गेश गुप्ता, विशाल विक्रम केसी जस्ता खेलाडीहरु टिममा छन्।

टिममा गत महिना डिसेम्बरमा सम्पन्न अन्डर-१९ राष्ट्रिय प्रतियोगितामा उत्कृस्ट प्रदर्शन गर्ने खेलाडीहरु समाबेश गरिएका छन्।

उक्त प्रतियोगितामा सर्वाधिक विकेटकर्ता रहेका फास्ट बलर हेमन्त धामीले गुल्सनसंग मिलेर टिमको फास्ट बलिंग पक्षको नेतृत्व गर्नेछन्। यस्तै दोश्रो सर्वाधिक विकेट लिएका देब्रे हाते स्पिनर मिलन बोहरा पनि टिमको महत्वपूर्ण सदस्य हुनेछन्। प्रतियोगिताको सर्वाधिक रनकर्ता प्रतिक श्रेष्ठले भने टिममा मौका पाउन सकेनन्। दोश्रो सर्वाधिक रनकर्ता रहेका आकाश त्रिपाठी, तेश्रो सर्वाधिक रनकर्ता अर्जुन कुमाल टिममा छन्। प्रतियोगितामा लुम्बिनी विजेता भन्दा कप्तानी गरेका विशाल विक्रम केसी पनि टिममा छन्। टिममा सुदूरपश्चिमको प्रतिनिधित्व गरेका दुई दिपक बोहरा पनि छन्।

घोषित टिमको कप्तान र उपकप्तानको घोषणा भने क्यानले गरेको छैन।

घोषित टिम : आकाश त्रिपाठी, अर्जुन कुमाल, दिपक बोहरा ( क ) , दिपक बोहरा ( ख ) , उत्तम थापा मगर, दिपक डुम्रे, दिपेश कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, गुल्सन झा, देव खनाल, सुबास भण्डारी, विशाल बिक्रम केसी, मिलन बोहरा

वैकल्पिक खेलाडीहरु : प्रज्वल थापा, निर्मल थापा, तुल बहादुर थापा, राजेश यादव





थप समाचार

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]