यू–१९ विश्वकप छनोटमा नेपालको लगातार दोस्रो जित, आकाशको ६ विकेट , देव र अर्जुनको शतक

नेपालले संयुक्त अरव इमिरेट्स (यूएई) मा जारी आईसीसी यू–१९ पुरुष विश्वकप एसिया छनोट खेलमा लगातार दोस्रो जित निकालेको छ ।

यूएईस्थित मलिका क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले कुवेतलाई दुई सय ४३ रनको फराकिलो अन्तरले हरायो । नेपालले दिएको तीन सय ४४ रनको विजय लक्ष्य पछ्याएको कुवेतले ३०.५ ओभरमा सबै विकेट गुमाएर एक सय रन मात्र बनाउन सक्यो ।

कुवेतका लागि जुधा सालधानाले सर्वाधिक २६ रन बनाए । रसिन मोहमदले १९ र किसोरी भाई हिन्सुले १६ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङमा नेपालका लागि आकाश चन्दले ६ विकेट लिए । हेमन्त धामी र दीपेश कंडेलले दुई दुई विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा तीन सय ४३ रनको विशाल योगफल तयार गरेको थियो । नेपालका लागि ओपनर अर्जुन कुमाल र कप्तान देव खनालले सतकीय पारी खेले

कप्तान खनालले एक सय २५ र ओपनर अर्जुन कुमालले एक सय आठ रन बनाएका थिए । विशाल बिक्रम केसीले २३, दीपक डुम्रेले अविजित २०, दीपक बोहोराले १९ र अर्को दीपक बोहोराले १३ रन बनाए।

बलिङमा कुवेतका हेनरी थोमसले र सहिल काज्मीले दुई दुई तथा जय महेशकुमार मेहता ले एक विकेट लिए । शुक्रबार आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई ९६ रनले हराएको थियो।

जितसँगै दुई खेलबाट चार अंक बनाएको नेपाल दोस्रो स्थानमा छ । समान चार अंक बनाएको यूएई रन रेटका आधारमा शीर्षस्थानमा छ । नेपालले तेस्रो खेल सोमबार हङकङसँग खेल्नेछ ।

छनोट खेलमा आयोजक युएईसहित नेपाल, हङकङ, कुवेत, मलेसिया र सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ । छनोट खेलको शीर्षस्थानमा रहने टोलीले सन् २०२४ मा श्रीलङ्कामा आयोजना हुने यू–१९ विश्वकपमा स्थान बनाउनेछ ।





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]