विश्वकप छनोटको तयारी स्वरूप नेपाली महिला टिमले मलेसियामा सिरिज खेल्ने

२०८० श्रावण २७, शनिबार १२:४०

अगस्ट ३१ तारिख देखि मलेसियामा सुरु हुने आईसीसी महिला विश्वकप टि-२० एसिया छनोट प्रतियोगिताको तयारी स्वरूप नेपालले मलेसियामा २२ देखि २६ अगस्ट सम्म चार देश सम्मिलित टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ। क्यानले शनिवार सिरिजको खेल तालिका सार्वजनिक गरेको छ।

सिरिजमा नेपाल सहित आयोजक मलेसिया, कुवेत र हंगकंग सहभागी हुनेछन्। सिंगल राउण्ड रोबिन फर्म्याटमा खेलिने प्रतियोगिताको अंकतालिकाको शिर्षमा हुने दुई टिम बीच २६ अगस्टमा फाइनल हुनेछ। सोहि दिन तेश्रो र चौंथो हुने टिमले तेश्रो स्थानको लागि खेल्नेछन्।

सिरिज अन्तर्गत नेपालले आफ्नो पहिलो खेल अगस्ट २२ तारिखमा हंगकंगसंग खेल्नेछ। यस्तै २३ अगस्टमा कुवेतसंग तथा २५ अगस्टमा आयोजक मलेसियासंग खेल्ने तालिकाछ।

नेपाली महिला क्रिकेट टिम हाल त्रिभुवन अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा अभ्यासरत छ। भारतीय प्रशिक्षक देविका पाल्शिकरले टिमलाई विशेष प्रशिक्षण गरिरहेकी छिन्।

क्यानले बिहिबारनै मलेसिया भ्रमण र विश्वकप एसिया छनोटको लागि टिमको घोषणा गरिसकेको छ। रुबिना क्षेत्री कप्तानीको टिममा खुसि डंगोल, रुवी पोदार र पुजा महतोले पहिलो पटक स्थान बनाउन सफल भएका छन्। विस्तृतमा 

आईसीसी महिला विश्वकप टि-२० एसिया छनोट प्रतियोगितामा सहभागी ११ टिमलाई दुई समुहमा बिभाजन गरिएको छ जसअन्तर्गत समुह ‘ए/ मा नेपाल सहित बहराइन, भुटान, मलेसिया, कतार र युएई छन्। समुह ‘बि’ मा चिन, हंगकंग, क्वेट, म्यानमार र थाइल्याण्ड छन्।

समुह चरणमा सबै टिमले एकअर्कासंग एक/एक खेल खेलेपछि दुवै समुहको शिर्ष दुई टिम सेमीफाइनल प्रवेश गर्ने छन्। फाइनल पुग्ने दुई टिमले ग्लोबल छनोट २०२४ खेल्नेछ।

नेपाली टिम :

रुबिना क्षेत्री ( कप्तान )
सिता राना मगर
इन्दु बर्मा
बिन्दु रावल
कविता कुँवर
कविता जोशी
पुजा महतो
सम्झना खड्का
इश्वरी बिस्ट
काजोल श्रेष्ठ
रुबी पोदार
अप्सरी बेगम
अस्मिना कर्माचार्य
खुसि डंगोल

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy