अभानी प्रिमियर लिग : वारियर्स र सगरमाथा विजयी

काठमाडौं । अभानी प्रिमियर लिगमा वारियर्स क्रिकेट क्लब र सगरमाथा क्रिकेट क्लब विजयी भएका छन् ।

सिड्नीमा जारी लिगमा वारियर्सले लालिगुराँस क्रिकेट क्लबलाई तथा सगरमाथाले आमादब्लम बल्जरर्सलाई पराजित गरेको हो ।

पहिलो खेलमा वारियर्सले लालिगुराँसलाई ६ विकेटले पराजित गरेको हो । पहिले ब्याटिङ गरेको लालिगुराँस १९.१ ओभरमा ६२ रनमा समेटियो ।

No description available.

लालिगुराँसका लागि सन्दीप ढकालले २७ बलमा २६ रन बनाए । वारियर्सका लागि विवेक यादवले ४ तथा दीपेन्द्र थापा तथा नबिन बस्नेतले समान २/२ विकेट लिए ।

No description available.

६३ रनको लक्ष्य वारियर्सले १३.२ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।

वारियर्सका लागि कप्तान अमन सिंहले ४३ बलमा ३० तथा दीपेन्द्र थापाले ६ बलमा ८ रन बनाए ।

लालिगुराँसका लागि सन्दीप ढकाले ३ विकेट लिए । जितका साथ वारियर्स ४ खेलमा २ जित र २ हारका साथ दोस्रो स्थानमा छ । समान ४ अंक रहेपनि लालिगुराँस भने छैटौं स्थानमा छ ।

अर्को खेलमा म्यान अफ द म्याच भएका ओम शाहको अलराउन्ड प्रदर्शनमा आमादब्लममाथि सगरमाथाले जित हात पारेको छ । पहिले ब्याटिङ गरेको सगमाथाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय १३ रन बनाएको थियो ।

No description available.

सगरमाथाका लागि रुपेश श्रेष्ठले २८ बलमा ३५ तथा ओम शाहले ५० बलमा ३२ रन बनाए । आमादब्लमका लागि कप्तान सुबोध बस्नेत र रबिन्द्र बस्नेतले समान २/२ विकेट लिए ।

सगरमाथाले दिएको १ सय १४ रनको लक्ष्य पछ्याएको आमादब्लम १६ दशमलब १ ओभरमा ६२ रनमा अल आउट भयो ।

आमादब्लमका लागि अस्रफ खानले ३५ बलमा ३९ तथा रबिन रेग्मीले १२ बलमा ६ रन बनाए । सगरमाथाका लागि ओम शाहले ४ तथा माधव प्रसाई र अनिलले समान २/२ विकेट लिए ।

No description available.

जितसँगै सगरमाथा ४ अंकका साथ तेस्रो स्थानमा छ । पराजित आमादब्लम ३ खेलमा अंकबिहिन रहँदै पुछारमा रहेको छ ।

लिगमा ८ टोलीको सहभागीता रहेको छ ।

No description available.





थप समाचार

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]