कोशीमाथि बागमतीको जित

काठमाडौं । जारी ललितपुर मेयर्स कपमा बिहिबारको दोस्रो खेलमा वागमती प्रदेशले कोशी प्रदेशलाई पराजित गरेको छ ।

आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्नेक्रममा बागमतीले कोशीमाथि ८ विकेटको जित हात पारेको हो ।

वर्षाका कारण खेल ढिला सुरु हुँदा खेल १३ ओभरमा छोट्याईको थियो ।

कोशीले दिएको ६४ रनको लक्ष्य बागमतीले ११ दशमलब २ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।

बागमतीको जितमा ओपनर यशु पान्डेले २३ बलमा ५ चौकाको सहयोगमा २६ रन बनाईन् । कन्चन श्रेष्ठ र खुसी डंगोल ११/११ रनमा अविजित रहे ।

कोसीका लागि हिरन्मा रोय र अप्सरी बेगमले समान १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोशीले निर्धारित १३ ओभरमा ६ विकेट गुमाएर ६३ रन बनाएको थियो ।

कोशीका लागि कप्तान अप्सरी बेगमले ३८ बलमा २ चौका र १ छक्काको सहयोगमा ३५ रन बनाईन् । कोशीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बागमतीका लागि खुसी डंगोल र मनिषा उपाध्यायले समान २/२ विकेट लिईन् ।

प्रतियोगितामा गत वर्ष महिला प्रधानमन्त्री कपको शीर्ष चार टोली र ललितपुर मेयर्स एघारको टोली सहभागी छन् ।

राउन्ड रोबिन लिगका आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टोली फाइनल प्रवेश गर्ने छन् ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]