मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ ।

जितका बाबजुद पनि लखनाउले यस संस्करणको आइपीएलको अर्को चरण प्रवेशको सम्भावना समाप्त गरेको छ । मुम्बई भने यस अघि नै अर्को चरण पुग्ने दौडबाट बाहिरिसकेको थियो ।

जितका लागि लखनाउले दिएको २ सय १५ रनकाृ लक्ष्य पछ्याएको मुम्बइले २० ओभरमा १ सय ९६ रन मात्र बनाउन सक्यो ।

मुम्बइका लागि ओपनर रोहित शर्माले ३८ बलमा ६८ तथा नमन धिरले २८ बलमा ६२ रन बनाए । डिवाल ब्रेभिसले २० बलमा २३ तथा कप्तान हार्दिक पान्ड्याले १३ बलमा १६ रन बनाए ।

लखनाउका लागि रवि विष्नोई र नभिन उल हकले समान दुई दुई तथा म्याट हेनरी र कुर्नाल पान्ड्याले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनाउले २० ओभरमा ६ विकेट गुमाएर २ सय १४ रन बनायो ।

लखनाउका लागि निकोलस पुरनले २९ बलमा ७५ तथा कप्तान केएल राहुलले ४१ बलमा ५५ रन बनाए । मार्कस स्टोइनिसले २२ बलमा २८ तथा आयुष बदोनीले १० बलमा अविजित २२ रन बनाए ।

लखनाउका लागि नुवान तुशारा र पियुष चावलाले समान तीन तीन विकेट लिए ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]