अभानी प्रिमियर लिग : कंगारु र वारियर्सको जित

काठमाडौं । अस्ट्रेलियामा जारी अभानी प्रिमियर लिगमा कंगारु क्रिकेट क्लब तथा वारियर्स क्रिकेट क्लबले जित निकालेका छन् ।

छैटौं खेलमा दोस्रो जित निकाल्नेक्रममा कंगारुले सगरमाथा क्रिकेट क्लबलाई ४ विकेटले पराजित गरेको हो ।

No description available.

पहिले ब्याटिङ गरेको सगरमाथा १८ दशमलब ४ ओभरमा ९१ रन बनाउँदै अल आउट भयो ।

सगरमाथाका लागि अनिलले १८ बलमा २१ तथा बिष्णु कटवालले १३ बलमा २० रन बनाए ।

कंगारुका लागि सुमन तिमिल्सिनाले तीन तथा सुसिल श्रेष्ठ र सुमित गिरीले समान दुई दुई विकेट लिए ।

No description available.

सगरमाथाले दिएको ९२ रनको लक्ष्य कंगारुले १४ दशमलब २ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।

कंगारुका लागि शैलेस हमालले २६ बलमा ३७ तथा सचिन पौडेलले २१ बलमा २० रन बनाए ।

सगरमाथाका लागि अर्जुन श्रेष्ठले तीन तथा माधव प्रसाइ र ओम शाहले एक एक विकेट लिए ।

कंगारु छ खेलमा ४ जितका साथ चौथो स्थानमा छ । छ खेलमा २ जितका साथ सगरमाथा छैठौं स्थानमा छ ।

अर्को खेलमा वारियर्सले द रोयल खुकुरीलाई १६ रनले पराजित गर्यो ।

No description available.

पहिले ब्याटिङ गरेको वारियर्सले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९९ रन बनाएको थियो ।

वारियर्सका लागि नविन गुरुङले ४४ बलमा ७३ तथा अमन सिंहले ४४ बलमा ५३ रन बनाएका थिए ।

खुकुरीका लागि सुलभ राउतले दुई तथा कप्तान पियुष गौतमले एक विकेट लिए ।

२ सय रनको लक्ष्य पछ्याएको खुकुरीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८३ रन मात्र बनायो ।

खुकुरीका लागि सागर थापाले ४५ बलमा ३५ तथा शुभम क्षेत्रीले ४ बलमा १४ रन बनाएका थिए ।

No description available.

वारियर्सका लागि नविन बस्नेतले चार तथा विवेक यादवले तीन विकेट लिए ।

छ खेलमा चार जितका साथ वारियर्स दोस्रो स्थानमा छ । पराजित खुकुरी समान जीतका साथ तेस्रो स्थानमा छ ।

No description available.





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]