अमेरिकालाई हराउँदै भारत सुपर आठमा

काठमाडौं । अमेरिकालाई हराउँदै भारत अमेरिका तथा वेस्ट इन्डिजमा जारी नवौं संस्करणको टी-२० विश्वकपमा समूह ए बाट सुपर आठमा स्थान बनाउँने पहिलो टोली बनेको छ ।

अमेरिकाको न्युयोर्कमा बुधबार राती भएको खेलमा भारत ७ विकेटले विजयी भएको हो ।

भारतको जितमा सुर्यकुमार यादवले ४९ बलमा २ चौका र २ छक्काको सहयोगमा अविजित ५० रनको अर्धशतकीय ईनिङ खेले । शिभम दुवेले ३५ बलमा अविजित ३१ रन बनाए । चौथो विकेटका लागि दुवे र यादवले ६५ बलमा अविजित ६७ रनको विजयी साझेदारी गरे ।

अमेरिकाका लागि सौरभ नेत्राभाल्करले दुई तथा अलि खानले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १० रन बनाएको थियो ।

अमेरिकाका लागि नितिश कुमारले २३ बलमा २७ तथा ओपनर स्टेभन टेलरले ३० बलमा २४ रन बनाए । कोरी एन्डरसनले १२ बलमा १५ तथा कप्तान आरोन जोन्सले २२ बलमा ११ रन बनाए ।

भारतका लागि अर्शदिप सिंहले ४ ओभरमा ९ रन खर्चिएर ४ विकेट लिए । हार्दिक पान्ड्याले दुई तथा अक्षर पटेलले एक विकेट लिए ।

तीन खेलमा अपराजित रहँदै भारतले सुपर आठमा स्थान बनाएको छ । समूह ए बाट सुपर आठमा स्थान बनाउँने अर्को टोलीको भने टुंगो लागेको छैन ।





थप समाचार

इंग्ल्यान्डमाथि अस्ट्रेलियाको सहज जित

काठमाडौं । ओपनर ट्राभिस हेडको शतक सहयोगमा अस्ट्रेलियाले पहिलो ओडिआई खेलमा इंग्ल्यान्डलाई सहज रुपमा पराजित गरेको छ । अस्ट्रेलिया ५ […]

भक्तपुर क्रिकेट संघको साधारण सभा सम्पन्न

भक्तपुर जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीवार संघका अध्यक्ष डा. मनिष राज पाण्डेको अध्यक्षतामा एक […]

नेपाल पराजित

नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि […]

नेपाल पहिले ब्याटिङ गर्दै

ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको […]

युएईको लगातार हार

आईसिसी विश्वकप लिग टुमा युएईले लगातार हार बेहोरेको छ । नामिबियामा जारी रहेको लिग टु अन्तर्गतको सिरिजमा युएई अमेरिकासॅंग १० […]

नेपाल र ओमान खेल्दै

आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने […]