महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ ।

पहिलो सेमिफाइनलमा भारत र बंगलादेशबीच खेल हुनेछ । श्रीलंकाको डम्बुलामा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा दुईमा सुरु हुनेछ । शतप्रतिशत जितका साथ समूह ए को विजेता बनेको भारतले समूह बी को उपविजेता बंगलादेशसँग खेल्नेछ ।

आज नै हुने दोस्रो सेमिफाइनलमा श्रीलंका र पाकिस्तानबीच प्रतिस्पर्धा हुदैछ । पाकिस्तान र श्रीलंकाबीचको दोस्रो सेमिफाइनल खेल डम्बुलामा नै नेपाली समय अनुसार बेलुका सवा सातमा सुरु हुदैछ ।

शतप्रतिश जितसँगै तीन खेलबाट ६ अंक जोड्दै श्रीलंका समूह ‘बी’ को शीर्ष स्थानमा रहेर सेमिफाइनल प्रवेश गरेको हो । भने, पाकिस्तान तीन खेलमा दुई खेल जितेर समूह ‘ए’ उपविजेता बन्दै सेमिफाइनलमा पुग्यो ।

दुबै सेमिफाइनलको विजेताबीच आईतबार उपाधीका लागि खेल हुनेछ ।





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]