कर्पोरेट क्रिकेटको उत्कृस्ट खेलाडीलाई थाइल्याण्ड भ्रमणको अवसर

२०८१ श्रावण १३, आईतवार २१:५५

आगामी भदौ १ देखि ४ गते सम्म आयोजना हुने कर्पोरेट टी-१० क्रिकेट प्रतियोगिताको उत्कृस्ट खेलाडीले थाइल्याण्ड भ्रमण गर्न पाउने भएका छन्।

भेट्रान्स फोर्टीको ( Veterans 40 ) आयोजनामा हुने प्रतियोगिताको प्लेयर अफ द सिरिज घोषित हुने खेलाडीले ‘थाईल्याण्ड भ्रमण प्याकेज’ पुरस्कार स्वरूप पाउने आइतबार घोषणा गरिएको छ।


ललितपुर स्थित ग्रेट हिमालयन क्रिकेट एकेडेमी आयोजना हुने इन्डोर क्रिकेट प्रतियोगितामा बिभिन्न २० कर्पोरेट टिमको सहभागिता हुनेछ।

प्रतियोगिताको उत्कृस्ट खेलाडी बाहेक अन्य खेलाडीहरुले समेत ट्रफी सहित विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले बताएको छ। साथै विजेताले आगामी संस्कणमा टिम दर्तामा कुनै शुल्क तिर्नु पर्नेछैन।

प्रतियोगितालाई नेरिक एकेडेमी, मेरिट एजुकेशन सर्भिसेस, नेप्लाई, अम्बे ग्रुप, पाँगोलिन ट्राभल्स लगायतको प्रायोजन रहेको छ।

https://youtu.be/eTkrPsuifoE?si=_PGWabzcC0KdbE9u

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy