स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० मा स्कटल्याण्ड माथि ७० रनको सानदार जित निकालेको हो ।

पहिलो खेल ७ विकेटले जितेको पाहुना टोलीले यो जितसँगै सिरिज २-० ले १ खेल अगावै जितेको छ । अस्ट्रेलियाले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको स्कटल्याण्ड १६.४ ओभरमा अल आउट हुदै १ सय २६ रन मात्र बनाउन सक्यो ।

टोलीका लागि ब्रेन्डन म्याकमुलनले ४२ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ५९ रन जोडे । ओपनर जर्ज मुन्सेले ९ बलमा १९ रन बनाउदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । अस्ट्रेलियाका लागि मार्कस स्टोइनसले ४, क्यामरन ग्रीनले २ तथा सन एबोट, जेभियर बार्टलेट, एडम जाम्पा र आरोन हार्डिले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९६ रन जोडेको थियो ।

अस्ट्रेलियाका लागि विकेटकिपर जोस इङ्ग्लिसले ४९ बलमा ७ चौका र ७ छक्काको सहयोगमा १ सय ३ रनको शतकीय इनिङ खेले । उनले अस्ट्रेलियाका लागि टि२० आईमा सबैभन्दा कम बलमा शतक बनाउने कीर्तिमान बनाए ।

इङ्ग्लिसले ४३ बलमा शतक पूरा गर्दै यो कीर्तिमान आफ्नो नाम गरे । यसअघि यो कीर्तिमान आरोन फिन्च, ग्लेन म्याक्सवेल र इङ्ग्लिसको नाममा रहेको थियो । फिन्चले २०१३ मा इङ्ग्ल्यान्डसँग तथा म्याक्सवेल र इङ्ग्लिसले गत वर्ष भारतविरुद्ध समान ४७ बलमा शतक पूरा गरेका थिए ।

क्यामरन ग्रीनले २९ बलमा ३६, मार्कस स्टोइनेसले नट आउट २० तथा टिम डेबिडले नट आउट १७ रन जोडे । स्कटल्याण्डका लागि ब्राड करीले ३ तथा क्रिस सोलले १ विकेट लिए । दुई टोलीबीचको तेस्रो खेल शनिवार हुनेछ ।





थप समाचार

नेपाल पहिले ब्याटिङ गर्दै

ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको […]

युएईको लगातार हार

आईसिसी विश्वकप लिग टुमा युएईले लगातार हार बेहोरेको छ । नामिबियामा जारी रहेको लिग टु अन्तर्गतको सिरिजमा युएई अमेरिकासॅंग १० […]

नेपाल र ओमान खेल्दै

आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने […]

क्यानडासँग हार्यो नेपाल

काठमाडौं । विश्वकप लिग टु को क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ । ओडिआई ईतिहासमा क्यानडासँग […]

क्यानडाद्वारा पहिलो पटक नेपाल पराजित

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गतको क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल  १०३ रनको फराकिलो अन्तरले पराजित भएको छ […]

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]