नेपाल प्रिमियर लिग सिजन-२ मंसिर १ गतेदेखि

२०८२ भाद्र ५, बिहीबार १६:००

काठमाडौं। मंसिर १ गतेदेखि दाेस्राे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुने भएको छ।

आयोजक नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाका अनुसार प्रतियोगिता मंसिर १ देखि २७ गतेसम्म हुन लागेको हो।

पहिलो संस्करणको प्रतियोगिता २०८१ मंसिर १५ देखि पुस ६ गतेसम्म त्रिवि क्रिकेट मैदानमा भएको थियो।

फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै उपाधि उचालेकाे थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy