“पैसाको पछि लागेको आरोप गलत हो” भन्दै डी भिल्लीयर्सले दिए आरोपको जवाफ

२०१९ विश्वकपको दौरान एबि डी भिल्लीयर्सले अन्तिम समयमा विश्वकप खेल्न चाहेको खबर चर्चित बनेको थियो। चर्चित वेबसाइट क्रिक्इन्फोले डी भिल्लीयर्सले विश्वकप खेल्ने चाहना राखेको जसलाई दक्षिण अफ्रिकी टिम व्यवस्थापनले नकारेको लेखेको थियो। त्यही खबर पछि ट्वीटर मार्फत डी भिल्लीयर्सले विश्वकपको दौरान आफु यो विषयमा नबोल्ने बताएका थिए। 

विश्वकपमा दक्षिण अफ्रिकी टिमको असफल यात्रा पछि बल्ल सो विषयमा डी भिल्लियर्सले अधिकारिक भनाइ सार्वजनिक गरेका छन्।

“दक्षिण अफ्रीकाको विश्वकप यात्रा सकिएको छ र टिमको ध्यानमा यसले वाधा गर्ने छैन। प्रतियोगियाको दौरान म माथि लागेको निराधार आरोपबारे म अब जवाफ दिन चाहन्छु।”

डी भिल्लीयर्सले आफ्नो ट्वीटरमा वक्तव्य सार्वजनिक गर्दै बताएका छन् –

“सुरुवातमा, मैले मे २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको थिए किनकि म मेरो कामको भार कम गर्न चाहन्थे र मेरो श्रीमती र साना छोराहरुसंग बढी समय बिताउन चाहन्थे।”

“केहिले भनेका छन् कि म पैसाको पछाडी लागे, जुन गलत हो। सहि त यो हो कि उल्टै मैले विश्वभर क्रिकेट खेल्ने धेरै आकर्षक प्रस्ताबहरु टुक्राएको छु र परिवार भन्दा पर वर्षमा ८ महिनाबाट ३ महिना मात्र बिताएको छु।”

“सन्यास पछि म र दक्षिण अफ्रीका क्रिकेट बीच कुनै अधिकारिक सम्पर्क भएन। न मैले न उनीहरुले मलाई सम्पर्क गरे। मैले निर्णय लिए र प्रोटिज टिम अघि बढ्यो। प्रशिक्षक ओटिस गिब्सन र फाफ डु प्लेसिसको नेतृत्वमा टिम सफलतापूर्वक अघि बढ्यो।”

“फाफ र म स्कुल देखि को साथी हौँर विश्वकपको टिम घोषणा हुनु २ दिन अघि मैले उनलाई सम्पर्क गरे र कुरा गरे। म इन्डियन प्रिमियर लिगको दौरान राम्रो लयमा थिए र मैले यतिकै कुराकानीमा यदी टिमलाई मेरो आवस्यकता भए म तयार छु भनेको थिए… तर यदी आवस्यकता परे मात्र”

“मैले कुनै डिमाण्ड गरेको थिईन र मैले टिममा पर्न कुनै किसिमको दबाब दिएको थिईन र मैले टिममा पर्ने आशा पनि गरेको थिईन।”

डीभिल्लीयरर्सले आफुलाई अन्यायपूर्ण आरोप लागेको तर कसैलाई पनि आक्षेप नलगाउने बताएका छन् –

“भारतले दक्षिण अफ्रीकालाई विश्वकपमा पराजित गर्दा टिमले लगातार तेश्रो हार बेहोरेको थियो जसपछि मिडियामा हाम्रो व्यक्तिगत वार्ताको कुरा अगाडी आयो  र मलाई नभएको आरोप लाग्यो”

“त्यो कुरा मैले सार्वजनिक गरेको थिईन नत म सम्बन्धि कसैले, नत फाफले। हुन सक्छ त्यसले जो आलोचनालाई मोड्न चाहन्थ्यो, मलाई थाहा छैन”

“यसको नतिजा मलाई स्वार्थीको रुपमा वर्णन गरियो। मैले इमान्दार भएर सन्यास लिएको हो र टिमलाई मेरो आवस्यकता परेमा मैले मेरो ढोका खुला राखेको मात्र हो। कुनै समस्या छैन, म कसैसंग रिसाएको छैन ।”

दक्षिण अफ्रीकाले विश्वकपमा खेलेको ९ मध्ये मात्र ३ वटामा जित हासिल गर्दै अंकतालिकामा सातौँ स्थानमा रहेको थियो।

विश्वकप पछि कप्तान फाफ डु प्लेसिसले पनि यो घटना बारे धारणा सार्वजनिक गरेका छन् –

“उ म भएको ठाउँमा आएको थिएन। त्यो एउटा फोन कल मात्रै थिए टिम छनौट अगाडी। मैले उनलाई धेरै ढिला भएको तै पनि प्रशिक्षक र सेलेक्टरसंग यो बारे उनीहरुको धारणा के छ बुझ्छु। अर्को दिन हामि सबै धेरै ढिला भइसकेको निष्कर्ष निकाल्दै अघि बढेका थियौं”

सन् २००४ मा इंग्ल्याण्ड बिरुद्दको टेस्ट सिरिज खेल्दै अन्तर्राष्ट्रिय क्रिकेट सुरु गरेका डी भिल्लियर्सले ११४ टेस्ट खेल, २२८ एकदिवसीय खेल र ७८ अन्तर्राष्ट्रिय टि- २० खेल खेल्दै ८७६५ टेस्ट रन, ९५७७ एकदिवसीय र १६७२ टि-२० रन बनाएका छन्। उनले टेस्ट क्रिकेट र एकदिवसीय क्रिकेटमा क्रमश: ५०.६६ र ५३.५० को औसतमा ब्याटिंग गर्दै दुई फर्म्याटमा ५० भन्दा माथिको औसत हुने केहि खेलाडीको सुचीमा रहेका छन्। ३५ बर्षीय एबी डी को नाममा एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो एकदिवसीय अर्धशतक (१६ बल), शतक (३१ बल) र १५० रन (६४ बल) प्रहार गर्ने किर्तिमान रहेको छ ।

( क्रिक्बजको सहयोगमा )





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]