अफगानिस्थानबिरुद्ध बंगलादेशको सनसनीपूर्ण जित

  • विकेटनेपाल – ८ असोज

युनाइटेड अरब एमिरेट्स (युएई) मा संचालन भैरहेको एसिया कप क्रिकेट २०१८ अन्तर्गत सुपर-४ चरणको चौथो खेलमा बंगलादेशले अफगानिस्तानलाई ३ रनले पराजित गरेको छ। अन्तिम ओभरमा ८ रन जोड्न नसक्दा अफगानिस्तानले प्रतियोगितामा लगातार दोस्रो हार बेहोर्यो।

जितसंगै अफगानिस्तानको फाइनल पुग्ने सम्भावना समाप्त भएको छ भने बुधबार खेलिने पाकिस्तान र बंगलादेश बीचको खेलको बिजेता टिम फाइनल पुग्नेछ। आइतबारनै सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ९ विकेटले पराजित गर्दै लगातार २ जितको साथ फाइनलमा स्थान पक्का गर्यो।

पहिले ब्याटिंग गर्दै बंगलादेशले दिएको २५० रनको लक्ष्य पछ्याउन उत्रिएको अफगानिस्तानको सुरुवात राम्रो रहन सकेन। टोलीको खातामा मात्र २६ रन हुँदा २ विकेट गुमाएको अफगान टोलीका लागि मोहम्मद शेहजाद र हाश्मतुल्लाह साहिदीले तेस्रो विकेटका लागि ६३ रनको साझेदारी गर्दै टोलीलाई उकास्ने प्रयास गरेका थिए।

 

व्यक्तिगत ५३ रनको स्कोरमा शेहेजाद पभेलियन फर्किन अघि उनले ८१ बल खेल्दै ८ चौका प्रहार गरे। अर्को किनारबाट भने साहिदीले अस्घर अफ्गान (३९) संग चौथो विकेटका लागि ७८ रनको तथा मोहम्मद नाबी (३८) संग पाँचौं विकेटका लागि २५ रनको साझेदारी गरे।

९९ बल खेलेका साहिदी ५ चौका प्रहार गर्दै व्यक्तिगत ७१ रनको स्कोरमा मश्रफे मोर्ताजाको शिकार बने। साहिदी आउट भएपछि मोहम्मद नाबीसमेत सामिउल्लाह शेन्वारीसंग मिलेर टोलीको खातामा थप ४६ रन जोड्दै आउट भए।

रोमान्चक अन्तिम ओभर 

अब अफगानिस्तानलाई जितका लागि अन्तिम ओभरमा ८ रनको आवश्यकता थियो। क्रिजमा थिए सामिउल्लाह शेन्वारी र बंगलादेश बिरुद्ध अघिल्लो खेलमा आक्रामक अर्धशतक बनाएका राशिद खान। बंगलादेशले अन्तिम ओभर बलिंग गर्ने जिम्मा मुस्ताफिजुर रहमानलाई सुम्पियो।

८ रनको झिनो स्कोर बचाउ गर्न आएका मुस्ताफिजुरको पहिलो बलमा राशिदले सहज रुपमा २ रन जोडे। तर दोस्रो बलमा भने ठूलो सट प्रहार गर्ने चक्करमा राशिद क्याच आउट हुनपुगे।

ओभरको तेस्रो बलमा शेन्वारीले १ रन लेग-बाईज स्वरूप प्राप्त गर्दै नयाँ ब्याट्सम्यान गुल्बद्दीन नैबलाई स्ट्राइक दिए। नैबले ओभरको चौथो बलमा रन लिन सकेनन् र पाँचौं बलमा समेत मात्र १ रन जोड्न सक्दा अफगानिस्तानलाई जितका लागि अन्तिम बलमा ४ रनको आवश्यक थियो।

अन्तिम बलमा शेन्वारीले रन जोड्न नसक्दा अफगानिस्तान ४ रनले पराजित हुन पुग्यो। बंगलादेशको जितसंगै प्रतियोगिताको सुपर-४ चरणको पाकिस्तान र बंगलादेशको खेलले फाइनल पुग्ने टोलिको टुंगो लगाउने छ। भारतभने पाकिस्तान बिरुद्ध सुपर-४ चरणको जितसंगै फाइनल प्रवेश गरीसकेको छ।

बंगलादेशलाई रोमान्चक जित दिलाउन मश्रफे मोर्ताजा र मुस्ताफिजुर रहमानले समान २-२ विकेट हात पारे। यस्तै शकिब अल हसन र महाम्दुल्लाहको नाममा समान १-१ विकेट रह्यो।

पहिलो इनिंग :

यसअघि पहिले ब्याटिंग गर्न उत्रिएको बंगलादेशको टोलीले इम्रुल केज र महाम्दुल्लाहको उत्कृस्ट साझेदारीको सहयोगमा निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २४९ रन जोडेको थियो।

नज्मुल हुसेन शान्तो, शकिब अल हसन र मोहम्मद मिथुन दोहोरो अंकमा रन जोड्न नसक्दै पभेलियन फर्किंदा बंगलादेश कुनै समय ८१/४ को खराब अवस्थामा रहेको थियो।

२०.५ ओभरमा विकेटकिपर ब्याट्सम्यान मुश्फिकुर रहिम(३३) समेत रन आउट हुँदा बंगलादेशले ८७ रन जोड्न ५ विकेट गुमाइसकेको थियो। त्यसपश्चात भने टोलीमा पुनरागमन गरिरहेका इम्रुल केज र महाम्दुल्लाहले छैठौं विकेटका लागि १२८ रनको साझेदारी गर्दै बंगलादेशको इनिंगलाई उकासेका थिए।

महाम्दुल्लाहले ८१ बलमा ३ चौका र २ छक्का सहित ७४ तथा इम्रुल केजले ८९ बलमा ६ चौका सहित ७२ रनको व्यक्तिगत योगदान गरेका थिए।

अफगानिस्तानको बलिंग तर्फ अफ्ताब आलमले सर्वाधिक ३ विकेट चट्काएका थिए। यस्तै मुजिब उर् रहमान र राशिद खानको नाममा समान १-१ विकेट रह्यो।

 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]