जित सहित वेस्टइन्डिजद्वारा क्रिस गेलको विदाई, अफगानिस्तान जित विहिन

अफगानिस्तानलाई २३ रनले पराजित गर्दै वेस्टइन्डिजले २०१९ विश्वकपको यात्रा जितमा समाप्त गरेको छ। वेस्टइन्डिजले दिएको ३१२ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २८८ रन बनाउन सक्यो।

जितसंगै विश्वकपमा आफ्नो अन्तिम खेल खेलेका क्रिस गेललाई सुखद बिदाइ समेत गरेको छ। गेलले अन्तिम विश्वकप खेले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास भने भारतसंग घरेलु मैदानमा खेल्ने सिरिज पछि गर्ने संकेत गरेका छन्। खेलमा गेलले ब्याटिंगमा ७ रन बनाउन सके पनि बलिंगमा भने १ विकेट लिंदा एउटा क्याच गरे।

अफगानिस्तान भने जित विहिन रहँदै विश्वकप यात्रा समाप्त गर्न बाध्य रह्यो। सन् २०१५ विश्वकपमा अफगानिस्तानले स्कटल्याण्डलाई मात्र पराजित गर्न सकेको थियो।

लिग चरणमा सम्पूर्ण ९ खेल खेल्दा वेस्ट इन्डिज ५ अंक सहित नवौं स्थानमा रह्यो भने अफगानिस्तान अंकविहिन रहँदै दशौँ स्थानमा रह्यो।

वेस्टइन्डिजले पहिलो खेलमा पाकिस्तानसंग जित हाँसिल गरे पछि ६ खेलमा हार बेहोरेको थियो। १ खेल नतिजाविहिन रह्यो ।

सहज रहेन वेस्ट इन्डिजको जित 

३१२ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले ओपनर गुल्बदीन नैबलाई चाडै गुमाएको थियो।

दोश्रो विकेटको लागि रहमत शाह र इक्रम अलि खिलले १३३ रनको साझेदारी गरे। रहमत ६२ रन बनाएर आउट भए। त्यसपछि इक्रमले २३ रन बनाएका नजिबुल्लाह जद्रानसंग ५१ रनको साझेदारी गरे।

१८ वर्षीय इक्रम शतक बनाउन भने चुक्न पुगे। ८६ रन बनाएका उनलाई क्रिस गेलले एलबिडब्लु आउट गरे। ९३ बलमा उनले ८ चौका प्रहार गरे।

त्यसपछि भने अफगानिस्तानले लगातार विकेट गुमाउन पुग्यो। अस्घर अफगानले ४० रन बनाए पनि मध्यक्रमका ब्याट्सम्यानले खास प्रदर्शन गर्न सकेनन्। अन्तिममा सायद शिर्जादले १७ बलमा २ चौका र २ छक्का मदतले २५ रन बनाए पनि जितसम्म टिमलाई पुर्याउन सकेनन्।

वेस्टइन्डिजको लागि कार्लोस ब्राथवेटले सर्वाधिक ४ विकेट ( ९-०-६३-४ ) तथा केमर रोचले ३ विकेट ( १०-२-३७-३ ) लिए। ओशेन थोमस ( ७-०-४३-१ ) र क्रिस गेलले ( ६-०-२८-१ ) ले १/१ विकेट लिए।

वेस्टइन्डिजको ब्याटिंग  

हेडिंगलेमा मैदानमा यस अघि टस जितेर ब्याटिंग गर्दै वेस्ट इन्डिजले ५० ओभरमा ६ विकेट गुएर ३११ रनको योगफल तयार गरेको थियो

वेस्ट इन्डिजकको लागि शाइ होपले सर्वाधिक ७७ , इभिन लुइस र निकोलस पुरनले समान ५८ तथा जेसन होल्डरले ४५ रन बनाए। लुइसले ७८ बलमा ६ चौका र २ छक्का तथा पुरनले ४३ बलमा ६ चौका र १ छक्का प्रहार गरे। कप्तान होल्डरले ३४ बलमा ४ छक्का र १ चौका प्रहार गरे। कार्लोस ब्राथवेटले अविजित १४ रन बनाउन ४ बलमा २ चौका र १ छक्का हिर्काए।

विश्वकपमा आफ्नो अन्तिम खेल खेल्ने क्रममा क्रिस गेलले भने ७ रन मात्रै बनाउन सके। छैठौं ओभरमा उनलाई दौलत जद्रानले आउट गर्नु अघि १८ बलमा १ चौका प्रहार गरे।

गेलको विकेटपछि इभिन लुइस र शाइ होपले दोश्रो विकेटको लागि ८८ रनको साझेदारी गरेका थिए। तेश्रो विकेटको होपले हेटमायरसंग ६५ रनको साझेदारी गरे। होपको विकेटपछि पाँचौ विकेटको लागि निकोलस पुरन र जेसन होल्डरले १०५ रनको साझेदारी गरे।

अफगानिस्तानको लागि दौलत जद्रानले २ ( ९-१-७३-२ ) तथा सयद शिर्जद, मोहम्मद नबि र राशिद खानले १/१ विकेट लिए।

प्रतियोगितामा अफगानिस्तानको यस अघिको नतिजा  

बिरुद्ध पाकिस्तान – ३ विकेटले पराजित , बिरुद्ध बंगलादेश – ६२ रनले पराजित , बिरुद्ध भारत – ११ रनले पराजित
बिरुद्ध इंग्ल्याण्ड – १५० रनले पराजित , बिरुद्ध दक्षिण अफ्रीका – ९ विकेटले पराजित , बिरुद्ध न्युजिल्याण्ड – ७ विकेटले पराजित , बिरुद्ध श्रीलंका – ३४ रनले पराजित ( डीएल मेथड ) , बिरुद्ध अस्ट्रेलिया – ७ विकेटले पराजित

वेस्टइन्डिजको यसअघिको नतिजा 

बिरुद्ध श्रीलंका – २३ रनले पराजित , बिरुद्ध भारत – १२५ रनले पराजित , बिरुद्ध न्युजिल्याण्ड – ५ रनले पराजित
बिरुद्ध बंगलादेश – ७ विकेटले पराजित , बिरुद्ध इंग्ल्याण्ड – ८ विकेटले पराजित , बिरुद्ध दक्षिणअफ्रीका – नतिजाविहिन
बिरुद्ध वेस्टइन्डिज – १५ रनले पराजित , बिरुद्ध पाकिस्तान – ७ विकेटले विजयी





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]