“अहिले आवश्यकता उपकप्तान होइन”-पुबुदु

काठमाडौं, फागुन २०- एकदिवसीय मान्यता जोगाउने लक्ष्यका नेपालले विश्वकप क्रिकेट लिग–२ को तयारी स्वरूप शनिबारबाट श्रीलंकाको यात्रा थाल्नेछ ।

नेपालले संयुक्त अरब इमिरेट्स (युएई) मा हुने आइसिसी विश्वकप क्रिकेट लिग–२ शृंखलाको खेल्दै छ । त्यसको तयारी स्वरूप नेपालले श्रीलंकामा फस्ट क्लास क्रिकेट टोलीविरुद्ध खेल्नेछ । उक्त अभ्यास क्रिकेटका लागि नेपाल शनिबार श्रीलंकातर्फ जादैछ । शुक्रबार बिदाइ कार्यक्रमको अवसरमा नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले अहिलेको आवश्यकता राम्रो नेतृत्व र क्रिकेटर रहेकाले उपकप्तान चयन गौण विषय रहेको आशय व्यक्त गरे । ट्वान्टी–२० विश्वकपमा छनोट चरणमा नेपालले उपकप्तानबिना खेलेको थियो । उपकप्तान चयन गर्न नसकेको भन्दै नेपाल क्रिकेट संघ (क्यान) को समेत आलोचना भइरहेको समय पुबुदुकौ यस किसिमको भनाइ बाहिर आएको छ ।साथै पुबुदुले नेपालको एकदिवसीय मान्यता जोगाउन धेरै चुनौती सामना गर्नुपर्ने बताए ।

“एकदिवसीय मान्यता जोगाउनका लागि धेरै किसिमका चुनौती सामना गर्नुपर्नेछ । हामी लिग–२ को तेस्रो स्थानसम्म पुग्नुपर्छ । कडा मिहिनत गरे मात्र अगाडिका यात्रा तय गर्न सक्छौं । त्यसका लागि हरेक खेलमा नेपालले उतिकै मिहिनत गर्न आवश्यक छ ।”’पुबुदुले भने “हामीसँग क्षमतावान् युवा क्रिकेटर छन् । तर उनीहरूलाई मार्गदर्शन र आत्मविश्वासको खाचो छ । यी क्रिकेटरले नेपाली क्रिकेटलाई माथि पु¥याउनेमा विश्वस्त छु ।” पछिल्ला समय निरन्तर ट्वान्टी फरम्याटको क्रिकेट खेलिरहेकाले एकदिवसीयमा अभ्यस्त हुनका लागि श्रीलंका भ्रमण गरिएको स्पष्ट पारे ।

“पछिल्ला दुई महिनादेखि हामी ट्वान्टी–२० क्रिकेट खेलिरहेको थियौं । विश्वकपमा पुग्नका लागि हामी पावर हिटिङतर्पm केन्द्रित थियौं । तर, अब एकदिवसीयमा युएईजस्तो एसोसिएटकै उत्कृष्ट टोलीविरुद्ध खेल्दैछौं, त्यसको लागि धैर्यता चाहिन्छ । तत्कालै एकदिवसीय क्रिकेट खेल्न समय लाग्छ । त्यसैले श्रीलंकामा तयारी गर्न लागिएको हो” पुबुदुले भनेका छन्।

नेपाली टोलीका कप्तान सन्दीप लामिछानले पनि ट्वान्टी–२० क्रिकेटबाट एकदिवसीय क्रिकेट खेल्न केही चुनौती भए पनि आफ्नो टोलीले त्यो चुनौतीलाई पार गर्नेमा विश्वस्त रहेको प्रतिक्रिया दिए । साथै उनले सोमपाल कामी, करण केसी, विक्रम सोब, रोहित पौडेल फर्किएकाले टोली थप मजबुत भएको बताए ।

“हामीले तयारी राम्रो गरेका छौं । विश्व लिग–२ को अगाडि हामी श्रीलंका पनि अभ्यास खेल्दै छौं । त्यसले पनि हामीलाई थप मद्दत पुग्नेछ । बलिङमा सोमपाल,करण र विक्रमको पुर्नरागमनले हामी थप बलियो भएका छौं । ब्याटिङमा पनि रोहितको साथ पाउनेछौं” सन्दीपले भने, “मिडल अर्डरमा ब्याटिङको समस्या पनि समाधान हुनेमा विश्वस्त छु । श्रीलंकामा हुने अभ्यास खेलले पनि धेरै मद्दत पुग्नेछ ।” श्रीलंकामा एक हप्ताको अभ्यासपछि नेपाली टोली मार्च १३ मा युएई पुग्नेछ ।

नेपालले श्रीलंका नेभीसँग मार्च ७ र ८ मा खेल्नेछ । मार्च आठमा भने श्रीलंका पुलिसविरुद्ध चुनौती प्रस्तुत गर्दै छ । यी दुई टोलीबाट फस्ट क्लास क्रिकेटर सम्मिलित टोलीसँग नेपालले मार्च १० अन्तिम अभ्यास खेल खेल्नेछ । त्यसपछि लिग–२ खेल्न नेपाल युएई प्रस्थान गर्नेछ । नेपालले मार्च १६ देखि २२ सम्म युएई र पपुवा न्युगिनीसँग खेल्नेछ । सन्दीपले यीमध्ये युएई निकै बलियो रहे पनि जितका लागि सतप्रतिशत प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् । आठ खेलबाट ४/४ जित र हारसहित नेपाल सात टोली सम्मिलित आइसिसी विश्वकप लिग–२ मा आठ अंक बटुल्दै छैटौं स्थानमा छ ।

सन् २०२३ सम्म चल्ने विश्वकप लिग–२ का शीर्ष तीन टोलीले २०२३ मा वर्ष हुने एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउनेछन् । बाँकी चार टोलीले प्लेअफ खेल्नु पर्नेछ । खेलकुदको नियमावलीमार्फत खेलाडीको जीवनयापन गर्नसक्ने आधार तय हुने बताएका छन् । श्रीलंका जाने खेलाडीको बिदाइ कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले सिंगो नेपालीको भावना प्रतिनिधित्व लिएर आएको महसुस गर्दै खेल्न शुभकामना दिए । “प्रत्येक प्रतिस्पर्धामा जनताको भावनालाई स्मरण गरेर प्रतिस्पर्धा गर्न सके सफलता प्राप्तिका लागि सहज हुनेछ” मन्त्री गहतराजले भने ।

ठमेलस्थित नेपाली क्रिकेट टोलीको बिदाइ कार्यक्रममा मन्त्री गहतराजले खेलमा नै जीवन ब्यतित गरेका खेलाडीलाई जीवनयापन गर्न कठिनाई हुने औंल्याउँदै आगामी नियमावलीमा त्यसको संवोधनमा गरिने आश्वासन दिए । श्रीलंका जाने १६ खेलाडीलाई एक कार्यक्रमबीच मन्त्री गहतराज, क्यानका कार्यवहाक सचिव प्रशान्तविक्रम मल्ल र कोषाध्यक्ष रोशन सिंहले बिदाई गरेका थिए ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]