कप्तान दिपेन्द्र ऐरीको ५ विकेटमा भुटान निरिह

dipendra airee

एसीसी यु-१९ पूर्वी क्षेत्र प्रतियोगिता अन्तर्गत आफ्नो दोश्रो खेलमा टस हारेर बलिंग गरेको नेपालले छैठौं विकेट हात पारेको छ l

कप्तान दिपेन्द्र ऐरीले छैठौ सफलता दिलाएका हुन् जुन क्रममा उनले व्यक्तिगत ५ विकेट हात लिएका हुन् l

उनले १३ रन बनाएर ब्याटिंग गरिरहेका ओपनर उगेन दोर्जीलाई आफ्नै बलमा क्याच आउट गरेका थिए l यस्तै छिरिंग पेन्जोरलाई ० रनमा प्रनित थापाको हात बाट क्याच गराएका हुन्  l दोर्जीले १ चौका प्रहार गरेका थिए l यसभन्दा अघि ५ रन बनएका नग्वांग थिन्लेलाई दिपेन्द्र ऐरीले एलबिडब्लु आउट गरेका थिए भने त्यसपछि ० रनमा पेम चेदुपलाई बोल्ड आउट गरेका हुन् l

नन्दन यादबले नेपाललाई पहिलो विकेट दिलाएका थिए l

भुटानले २२ औ ओभरमा ४० रन बनाउदा ६ विकेट गुमाईसकेको छ l

यो खेलमा भुटान पराजित भए नेपाल सेमीफाइनल पुग्ने पक्का हुनेछ l

खेलको अपडेट यो लिंकमा :- http://bit.ly/2wW4MXP
स्कोरकार्ड : https://goo.gl/ritGjF





थप समाचार

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]

छैठौं पटक अस्ट्रेलियालाई विश्वकप उपाधि

अस्ट्रेलियाले छैठौं पटक पुरुष एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ। प्रतियोगिताको अघिल्लो सबै १० खेल जित्दै अपराजित रहेको घरेलु टोलि […]

महिला टी-२० सिरिज : नेपालद्धारा जापान ४५ रनले पराजित

चार देश सम्मिलित महिला टि-२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा नेपाल जापानलाई ४५ रनले […]