कुकले तोडे सचिनको बिश्व-किर्तिमान

  • विकेटनेपाल, २३ पौष- आइतबार 

इंग्ल्याण्ड क्रिकेटर एलेस्टर कुकले एसेज शृंखला अन्तर्गत जारि पाँचौ टेस्टमा १२ हजार टेस्ट रन पुरा गरेका छन्।

सिड्नीमा भइरहेको टेस्टमा मात्र १० रन बनाएर आउट हुनु अघि कुकले १२ हजार रन पुरा गर्दै दुर्लभ सफलता हात पार्ने विशिष्ट सुचीमा सचिन तेन्दुलकर, रिकी पोंटिंग, ज्याक कालिस, राहुल द्रविड, कुमार सांगाकारासंगै छैठौं ब्याट्सम्यानको रुपमा उभ्याएका छन्।

कुकले १५२ औं टेस्ट खेल्दा यो सफलता हात पारेका हुन् जुन क्रममा उनले ४६ भन्दा माथिको औशतले ३२ शतक र ५५ अर्धशतक प्रहार गरेका छन्।

तोडे सचिनको बिश्व-कीर्तिमान 

सचिन तेन्दुलकरले १२ हजार टेस्ट रन ३५ बर्ष र १७६ रनको उमेरमा पुरा गरेका थिए जुन यस भन्दा अघि त्यति रन पुरा गर्ने सबैभन्दा कम उमेर थियो। एलेस्टर कुकले ३३ बर्ष १३ दिनको उमेरमा १२ हजार रन पुरा गर्दै यो उचाई छुने सबैभन्दा कान्छा ब्याट्सम्यान बन्दै सचिन तेन्दुलकरको बिश्वकिर्तिमान तोडेका छन्।

ब्याट्सम्यान र १२ हजार रन पुरा गर्दाको उमेर

एलेस्टर कुक – ३३ बर्ष १३ दिन
सचिन तेन्दुलकर – ३५ बर्ष १७६ दिन
रिकी पोंटिंग – ३५ बर्ष २१४ दिन
ज्याक कालिस – ३६ बर्ष ३२ दिन
कुमार सांगाकारा – ३७ बर्ष ६८ दिन
राहुल द्रविड – ३७ बर्ष ३३९ दिन

यस्तै एलेस्टर कुक १२ हजार रन पुरा गर्न सबैभन्दा कम समय लगाउने ब्याट्सम्यान पनि बनेका छन्। कुकले मात्र ११ बर्ष ३१२ दिनमै १२ हजार रन पुरा गरेका छन्। दोश्रो स्थानमा कुमार सांगाकाराले १४ बर्ष १६७ दिन, तेश्रो स्थानमा राहुल द्रविडले १४ बर्ष १७९ दिन, रिकी पोंटिंगले १४ बर्ष २२५ दिन, ज्याक कालिसले १५ बर्ष ३३८ दिन तथा सबैभन्दा ढिलो १२ हजार रन पुरा गरेका सचिन तेन्दुलकरले १८ बर्ष ३३७ दिन लगाएका थिए।

सबैभन्दा ढिलो पनि कुक

उमेरको र समयको आधारमा कुक छिटो भए पनि १२ हजार रन पुरा गर्न उनले सबैभन्दा धेरै २७५ इनिंग खेलेका छन्। सबैभन्दा कम इनिंगमा १२ हजार रन पुरा गर्ने ब्याट्सम्यान कुमार संगाकारा हुन् जसले २२४ इनिंगमा यो रन बनाएका थिए। यो लिस्टमा रिकी पोंटिंग र सचिन तेन्दुलकर दोश्रो स्थानमा संगै रहेका छन्, दुवैले २४७ इनिंगमा १२ हजार रन पुरा गरेका थिए।

ब्याट्सम्यान र १२ हजार रन पुरा गर्न खेलेको इनिंग 

कुमार सांगाकारा – २२४ इनिंग
रिकी पोंटिंग र सचिन तेन्दुलकर – २४७ इनिंग
ज्याक कालिस – २४९ इनिंग
राहुल द्रविड – २५५ इनिंग
एलेस्टर कुक – २७५ इनिंग

कुमार संगाकारा

कुकले तोड्लान सचिनको रेकर्ड ? 

सचिन तेन्दुलकरले टेस्ट करियरमा २०० टेस्टको ३२९ इनिंगमा ५३.७९ को औशतले १५,९२१ रन बनाएका थिए। कुकले अहिलेसम्म १५२ टेस्टमा ४६.३५ को औसतमा १२,००५ रन बनाईसकेका छन्।

कुकको फर्म र फिटनेस यस्तै रहीरहेमा र यदी उनले थप ३-४ बर्ष इंग्ल्यान्डको लागि टेस्ट खेल्ने हो भने पक्कै पनि सचिनको रेकर्ड तोड्न सक्छन्। सचिन तेन्दुलकरको रेकर्ड तोड्न सक्लान नसक्लान समयले बताउनेछ तर १-२ बर्ष मात्रै खेल्ने हो भने रिकी पोंटिंग ( १३, ३३७८ ) को रेकर्ड तोड्न भने उनलाई त्यो भन्दा कम मुस्किल देखिन्छ।

टेस्ट क्रिकेटमा धेरै रन बनाउने ब्याट्सम्यानहरु 

खेलाडी म्याच पारी रन
सचिन तेन्दुलकर 200 329 15,921
रिकी पोंटिंग 168 287 13,378
ज्याक कॉलिस 166 280 13,289
राहुल द्रविड 164 286 13,288
कुमार संगाकारा 134 233 12,400
एलेस्टर कुक 152 275 12,005

सचिन तेन्दुलकर ( भारत ) – १५९२१
रिकी पोंटिंग ( अस्ट्रेलिया ) – १३३७८
ज्याक कालिस ( दक्षिण अफ्रीका ) – १३२८९
राहुल द्रविड ( भारत ) – १३२८८
कुमार संगाकारा ( श्रीलंका )  – १२४००
एलेस्टर कुक ( इंग्ल्यान्ड ) – १२००५
ब्रायन लारा ( वेस्ट इन्डिज ) – ११९५३
शिभ नारायण चन्द्रपाल – ११८५७
महेला जयबर्द्धने ( श्रीलंका ) – ११८१४
एलेन बोर्डर ( अस्ट्रेलिया ) – १११७४
स्टिभ वा ( अस्ट्रेलिया ) – १०९२७
सुनिल गावस्कर ( भारत ) – १०१२२
युनिस खान ( पाकिस्तान ) – १००९९

( फोटो श्रोत– आईसीसी )





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]