खुकुरी कप : अमित श्रेष्ठको विस्फोटक ब्याटिंगमा शान्तिनगरको जित

  • विकेटनेपाल, १२ माघ- शुक्रबार 

अमित श्रेष्ठले अपत्यारिलो ब्याटिंग गरेपछि खुकुरी च्यालेन्जर्स कप प्रतियोगितामा शान्तिनगर युवा क्लबले पहिलो जित दर्ता गरेको छ। शान्तिनगर युवा क्लबले मलपोखरी युवा क्लबलाई ९ विकेटले पराजित गर्यो। शुक्रबारनै सम्पन्न दोश्रो खेलमा आरसीए प्युठान च्यालेन्जर्सले अल्टिमेट इन्डोर क्रिकेटलाई ८ विकेटले पराजित गर्यो र पहिलो जित दर्ता गर्यो।

अमितको विस्फोटक ब्याटिंग 

मुलपानी मैदानमा टस जितेर ब्याटिंग गरेकोमलपोखरीले १९.५ ओभरमा ११५ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो। शान्तिनगरका बलर अजय राजबंशीले ३ विकेट ( ३.५-०-१९-३ ) तथा रामनरेश गिरिले २ विकेट ( ४-०-२७-२ ) हात पारे।

मलपोखरीकोलागि ओपनर सोहन यादबले सर्बाधिक ३१ रन ( २२ बल, ३ चौका , १ छक्का ) , गौरभ कटवालले २० तथा बिशाल आचार्यले १९ रन योगदान दिनु बाहेक अन्य ब्याट्सम्यानले २ अंकमा रन बनाउन सकेनन्।

जवाफमा ११६ रनको लक्ष शान्तिनगरले ११ ओभरमै भेटायो। ओपनर मुरली चौधरी १ रनबनाएर आउट भएपछि अर्का ओपनर सुनिल धमलाले तेश्रो नम्बरका अमित श्रेष्ठसंग दोश्रो विकेटकको लागि ११५ रनको साझेदारी गर्दै जितसम्म पुर्याएका थिए।

अमित श्रेष्ठले विस्फोटक ब्याटिंग गर्नेक्रममा अविजित ८८ रन बनाए। मात्र ३७ बल खेलेका उनले २० वटा चौका प्रहार गरे। सुनिल धमला २५ रनमा अविजित रहे जसले २५ बलमा ४ चौका प्रहार गरे।

आरसीए प्युठान च्यालेन्जर्ससंग पहिलो खेल वर्षाले अवरुद्ध भए पछि अंक बाँडेको शान्तिनगरले जित पछि समुह ‘ए’ मा पहिलो जित दर्ता गर्यो।

म्यान अफ द म्याच अमित श्रेष्ठ

प्रेम तामांगको अलराउण्ड प्रदर्शन 

शुक्रबारनै सम्पन्न समुह ‘ए’ अन्तर्गत दोश्रो खेलमा आरसीए प्युठान च्यालेन्जर्सले अल्टिमेट इन्डोर क्रिकेटलाई ८ विकेटले पराजित गर्यो।

टस जितेर पहिले ब्याटिंग गरेको अल्टिमेटले निर्धारित २० ओभरमा ११४/८ को योगफल तयार गरेको थियो। ब्याटिंगतर्फ ओपनर दिपेन्द्र चन्दले ३१, रमेश भट्टले १८, कृष्ण नेगीले १५ तथा इश्वर रायले १४ रन बनाए भने बलिंगमा प्युठान च्यालेन्जर्सका बिक्रम ठगुन्ना र प्रेम तामांगले २/२ विकेट हात पारे।

म्यान अफ द म्याच राजबिर सिंह

११५ रनको लक्ष आरसीए प्युठानले १६ ओभरमा २ विकेट मात्रै गुमाएर भेटायो। ओपनिंग ब्याटिंग गरेका प्रेम तामांग र राजबिर सिंहले पहिलो विकेटको लागि  ८१ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए। राजबिर ४१ रन ( ३० बल, ६ चौका , १ छक्का ) र प्रेम २८ रन ( ३३ बल, ५ चौका ) बनाएर आउट भए।

तेश्रो नम्बरमा ब्याटिंग गरेका शुबेन्दु पाण्डेले अविजित २५ रन ( १५ बल, ३ चौका , १ छक्का ) तथा दिपेन्द्र थापाले ८ रन बनाएर टिमलाई जितसम्म पुर्याए।

अंक तालिका 

शनिबारको खेल 

पहिलो खेल – नेपाल क्रिकेट स्कुल Vs ओएसीस क्रिकेट एकेडेमी
दोश्रो खेल – ग्रेट हिमालय क्रिकेट एकेडेमी Vs आईओई थापाथली

हिजोको खेल – कमलको अलराउण्ड प्रदर्शनमा ग्रेट हिमालयको जित

खुकुरी इन्टरटेन्मेन्टको आयोजनामा सुरु भएको प्रतियोगिताको बिजेताले ३ लाख रुपैयाँ तथा उपविजेताले १ लाख रुपैयाँ पाउने छ। यस्तै उत्कृस्ट खेलाडीले २० हजार तथा बलर/ब्याट्सम्यानले १०/१० हजार रुपैयाँ पुरस्कार पाउनेछ।

कुल २० टिम सहभागी रहेको प्रतियोगिता २४ दिनसम्म चल्नेछ।  २० टिमलाई ४ वटा समुहमा बिभाजन गरेर लिग-कम नक-आउट फर्म्याटमा खेलाइनेछ। प्रतियोगिताको सेमीफाइनल र फाइनल खेल त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा संचालन हुनेछ भने क्वार्टरफाइनल खेलहरु मुलपानी मैदानमा खेलिनेछ।

सहभागी टिम र समुह 

समूह ‘ए’ : काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर , अल्टिमेट इन्डोर क्रिकेट, आरसिए प्युठान च्यालेन्जर्स, शान्तिनगर युवा क्लब, मलपोखरी क्रिकेट क्लब

समूह ‘बी’ : आई.ओ.ई. पुल्चोक, रोयल पिसी फाईटर्स, लर्ड बुद्ध क्रिकेट क्लब, बालुवाटार क्रिकेट क्लब, त्रिमुर्ति व्वाइज

समूह ‘सी’ : ओएसिस क्रिकेट एकेडेमी, ग्रेट हिमालय क्रिकेट एकेडेमी, आई.ओ.ई थापाथली, नेपाल क्रिकेट स्कुल, त्रिभुवन आर्मी क्लब

समूह ‘डी’ :  टिकापुर क्रिकेट, रौतहट-११, मकवानपुुर क्रिकेट क्लब, बुटवल क्रिकेट ब्वाइज, इन्टर- डिस्ट्रिक्ट क्रिकेट क्लब

( फिचर फोटो – फाइल तस्बिर )





थप समाचार

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]