अनिल खरेलको उत्कृस्ट बलिंग मदतले एपेक्स सेमीफाइनल प्रवेश : रुपन्देही सुपर लिग

anil kharel
  • विकेटैनेपाल- भैरहवा, २८ माघ ।

भैरहवाको सिद्धार्थ रंगशालामा जारी जिल्लास्तरीय नेपाल टेलिकम रुपन्देही सुपर लिगमा शुक्रबार भएको ग्रुप ‘बी’को अन्तिम खेलमा एपेक्स क्रिकेट क्लब शंकरनगरले प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लब भैरहवालाई ८ विकेटले हराउँदै विजयी हासिल गरेको छ ।

गत वर्ष रेलिगेशनमा परेर ‘बी’ डिभिजनमा घटुवा भएको एपेक्सले अघिल्लो वर्षको सेमिफाइनल पुगेको मास्टर्सलाई हराएको हो । जितसँगै एपेक्स सेमिफाइनल पुग्ने तेस्रो टिम बनेको छ भने मास्टर्स बी डिभिजनमा घटुवा भएको छ ।

यस अघि ग्रुप ‘ए’ बाट लुम्बिनी खुकुरी क्रिकेट क्लब बेलहिया र ग्रुप ‘सी’बाट वेस्टर्न क्रिकेट क्लब बुटवल सेमिफाइनल पुगिसकेका छन्। अब ग्रुप ‘डी’बाट सेमिफइनल पुग्ने टिमको टुंगो लाग्न बाँकी रहेको आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जानकारी दिए ।

सिद्धार्थ रंगशालामा सम्पन्न खेलमा एपेक्सले टस जितेर पहिला ब्याटिङ गर्न मास्टर्सलाई निम्तो दिएको थियो । पहिला ब्याटिङ गरेको मास्टर्सले निर्धारित ४० ओभरको खेलमा २९.३ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ७४ रनमा समेटियो।

मास्टर्सका लागि प्रविन नेपालीले १४ र दुर्गा सेनले १२ रन बनाए पनि अन्य ब्याट्सम्यान नचल्दा टिम धरासायी बनेको थियो ।

बलिङतर्फ एपेक्सका लागि यु–१६ का चर्चित अन्तर्राष्ट्रिय खेलाडी अनिल खरेल चम्किएका थिए । उनले ४ विकेट लिए । त्यस्तै तुलबहादुर थापा र मैनुउद्दिन खानले समान २/२ विकेट लिए l

लक्ष्य पछ्याउन मैदान छिरेको एपेक्सले ११.२ ओभरमा २ विकेटको क्षतिमा ७७ रन बनाउँदै विजयी हासिल गर्यो । एपेक्सका लागि महेन्द्र सुवेदीले नटआउट ३१ तथा अजय कौशिलाले ३१ रनको योगदान दिए । बलिङमा मास्टर्सका लागि नासिर अन्सारी र दुर्गा सेनले १/१ विकेट लिएका थिए ।

खेलमा एपेक्सका अनिल खरेल म्यान अफद म्याच घोषित भए ।

शनिबार शक्ति गौचनको कप्तानीमा रहेको न्यू होराइजन क्रिकेट क्लब बुटवल र तीन पटकको सुपरलिग विजेता बुम एमसीसी भैरहवाबीच प्रतिस्पर्धा हुनेछ।

रुपन्देही क्रिकेट संघको आयोजना, नेपाल टेलिकमको प्रमुख प्रायोजन र बुम रेमिटको सहप्रायोजनमा जारी प्रतियोगिता फागुन ४ गतेसम्म संचालन हुनेछ । प्रतियोगिताका बिजेताले ५० हजार, उपबिजेताले २५ हजार, उत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यान दुबैले ५/५ हजार नगद पुरस्कार पाउने छन् ।





थप समाचार

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]

क्यान अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने

नेपाल क्रिकेट सङ्घ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने भएको छ । नेपाल […]

एसियन गेम्सको लागि अभ्यास सुरु

१९ औँ एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रशिक्षण थालेको छ । नेपाली राष्ट्रिय टोलीका सदस्यले आज बुधवारदेखि त्रिवि […]