एकै इनिंगमा दुई शतक बन्दा लुम्बिनीको बिशाल जित

फिचर फोटो : सन्दिप रिजाल (लुम्बिनी खुकुरी क्रिकेट क्लब)

  • विकेटनेपाल – १२ फाल्गुन, शनिवार

भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा शनिवार लुम्बिनी खुकुरी क्रिकेट क्लब, भैरहवाले जित हार पारेको छ। शनिवार भएको डिभिजन “ए” को खेलमा लुम्बिनीले बुद्ध क्रिकेट क्लब, भैरहवालाई २४१ रनको बिशाल अन्तरले पराजित गर्यो।

पहिले ब्याटिंग गर्दै लुम्बिनीले दिएको ३६१ रनको भीमकाय लक्ष्य लिएर मैदान उत्रिएको बुद्धले अल आउट हुनअघि ११९ रन मात्र जोड्न सक्यो। बुद्धको चेजमा रिजन प्रजुले ४४ र उदयकुमार मल्लिकले २५ रन बनाएपनि त्यो जितका लागि कतैपनि पर्याप्त थिएन।

बुद्धलाई सस्तैमा समेट्न लुम्बिनीका लाल बहादुर अधिकारीले ३ विकेट चट्काए। यस्तै मानबहादुर थापा, राहुल चौहान र शाहव आलमको नाममा समान २-२ विकेट रह्यो।

यसअघि टस जित्दै पहिले ब्याटिंग गर्ने निर्णय लिएको लुम्बिनीले निर्धारित ५० ओभरमा ३ विकेट गुमाएर ३६० रन जोडेको थियो। लुम्बिनीलाई बिशाल स्कोरसम्म लैजाने क्रममा सन्दिप रिजाल र अन्तिम थापाले अविजित शतक बनाएका थिए। सन्दिपले अविजित १२० रनको इनिंग खेल्दा अन्तिमले भने अविजित ११३ रन जोड्न भ्याए। यस्तै शङ्कर रानाले ५५ र मिर्नाल गुरुङले व्यक्तिगत ३७ रनको योगदान गरेका थिए।

Antim Thapa
Antim Thapa (File Photo)

खास रहन नसकेको बुद्धको बलिंगमा रिजन प्रजु, रोशन गौतम र राजेश चौधरीले समान १-१ विकेट लिएका थिए।

प्रतियोगिता अन्तर्गत आइतबार समूह (सि) को खेलमा एपेक्स तिरुपति क्रिकेट क्लब भैरहवा र प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लब भैरहवाबीच प्रतिस्पर्धा हुने संघका सचिव संजय गुरुङले बताए।

नेपाल टेलिकमले मुख्य प्रायोजक रहेको सुपर लिग प्रतियोगितामा जिल्लाका २१ क्लबको सहभागिता छ। विजेता क्लबले नगद ७० हजार तथा उपविजेताले नगद ३५ हजार प्राप्त गर्ने सुपर लिगको सहप्रायोजन बुम रेमिट्यान्स र अर्घाखाँची सिमेन्ट प्रालिले गरेका छन्।

प्रतियोगिताको उत्कृस्ट खेलाडीले १० हजार, बेष्ट बलर र बेष्ट ब्याट्सम्यानले नगद ५-५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्ने छन्। रुपन्देही क्रिकेट संघको आयोजनामा भइरहेको प्रतियोगिता फागुन २६ गतेसम्म चल्ने छ ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy