‘ए’ डिभीजनमा एपेक्स : रुपन्देही सुपर लिग

  • विकेटनेपाल – भैरहवा, १२ माघ

साई ग्लोवल क्रीकेट क्लव भैरहवालाई हराउर्दै एपेक्स क्रीकेट क्लव सकंरनगर रुपन्देही सुपर लिग क्रिकेटको ‘ए’ डिभीजनमा प्रवेश गरेको छ ।

नेपाल टेलीकम जिल्ला स्तरीय सुपर लिग अन्तर्गत बुधवार ‘बि’ डिभीजन अन्तरर्गतका दुई क्लव बिच भएको खेलमा साई ग्लोवललाई ६ विकेटले पराजित गर्दै एपेक्स ए डिभीजनमा उक्लीएको हो ।

टस जितेर ब्याटिंग गरेको साई ग्लोवल निर्धारित ३५ ओभरको खेलमा ३२ दसमलव १ मा अलआउट हुदै १ सय ३१ रनमा समेटीएको थियो । जवाफमा एपेक्सले १८.४ ओभरमा ४ बिकेट गुमाउदै लक्ष पार गर्यो। एपेक्सकालागि प्रनित थापा मगरले ३४, अजय कौसील्याले अविजित २९ रन बनाएका थिए ।

साई ग्लोवलका मोहम्मद हुसेन, सुमोध पौडेल, सोहील पाल र अमीत यादवले १/१ विकेट लिए । साई ग्लोवलकालागि आदीत्य त्रिपाठीले ३२ र मोहम्मद हुसेनले २६ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन। एपेक्सका बसिर अहमद खान, सुजन न्यौपाने, महेन्द्र सुवेदी र रविन्द्र जगं साहीले २/२ तथा अर्जुन बस्यालले १ बिकेट लिएका थिए ।

खेलको म्यान अफ द म्याच यु-१९ रास्ट्रिय क्रिकेटर समेत रहेका एपेक्सका रविन्द्र जगं साही घोषित भए ।

नेपाल टेलिकमको प्रमुख प्रायोजन र बुम रेमिटको सहप्रायोजनमा जारी प्रतियोगिता अन्तरगर्त बिहीबार वेस्टन क्रिकेट क्लव बुटवल र लुम्विनी कसाई क्रीकेट क्लव लुम्विनी बिच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रीकेट सघंका अध्यक्ष प्रशान्त बिक्रम मल्लले जानकारी दिए ।

सम्बन्धित :- 

 

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy