एपेक्स र न्यु होराईजनको जित

nurdhoj sen
  • विकेटनेपाल- ५ चैत्र भैरहवा ।

रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी शशिकान्त–सकुन्तला बर्मा टि–२० क्रिकेट प्रतियोगितामा शनिबार भएको पहिलो खेलमा समुहसीको एपेक्स क्रिकेट क्लबले देवदह क्रिकेट क्लबलाई चार विकेट हरायो ।

टस जितेर पहिले ब्याटिङ गरेको देवदह १९.४ ओभरमा ९१ रनमै अल आउट भयो । उसका लागि दिपक भण्डारीले २२ रन,रोशन गौतमले १९ रन र सुरज दराईले १५ रन जोडे । ब्याट्सम्यानबिच तालमेल नहुदा देवदहले रन आउटमै विकेट गुमाएको थियो । एपेक्सको बलिङमा अर्जुन बस्याल एक्लैले चार विकेट लिए । महेन्द्र सुबेदी ३ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रेको एपेक्सले १३.५ ओभरमा ६ विकेटको क्षतिमा ९२ रन बनाउदै लक्ष्य पुरा ग¥यो । उसको जितमा महेन्द्र सुबेदीले २५ रनको योगदान दिए । उनि खेलमा म्यान अफ दि म्याच चूनिए । सुसान्त शिंह थापाले २२ रन बनाए । देवदहको बलिङको सुरज दराईले तीन र सर्गम चौधरीले दुई विकेट लिए ।

त्यस्तै शनिबार नै भएको दोस्रो खेलमा समुह डीको न्यु होराइजनले शिवशक्ति क्रिकेट क्लबलाई ३३ रनले पराजित गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको न्यु होराईजले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २२ रन बनायो । उसका लागि नुरध्वोज सेनले ३७ रन बनाए । विवेक न्यौपानेले १५ र कुशल मल्लले १३ रन जोडे । शिवसक्तिको बलिङमा विष्णु कटरियाले तीन तथा कृष्ण कार्की र दुर्गेश कुर्मीले २ विकेट लिए ।

जवाफी ब्याटिङमा मैदान छिरेको शिवशक्ति १८ ओभरमा ८९रनमै अलआउट भयो । शिबशक्तिका लागि निकेस जुगजैलीले १८ रन तथा विष्णु कटरिया र इमरान खानले समान १४ बनाए । न्युहोराईजनको बलिङमा कुशल मल्ल,विशाल सुनार र गणेश गौडेलले समान दुई विकेट लिए ।

प्रतियोगिताका विजेताले नगद रु. ५० हजार र ट्रफी, उपविजेताले नगद रु. २५ हजार र ट्रफी प्राप्त गर्नेछन् ।उत्कृष्ट खेलाडीले नगद रु. १० हजार, बेष्ट ब्याट्सम्यान तथा बेष्ट बलरले नगद रु.५/५ हजार प्राप्त गर्नेछन् l प्रत्येक दिनको म्यान अफ दि म्याचले रु १००० प्राप्त गर्नेछन्। प्रतियोगिता चैत १२ गतेसम्म संचालन हुनेछ ।

प्रतियोगितालाई अमेरिका निवासी विवेक बर्माले आफ्नो स्वर्गीय आमा÷बुवाको नाममा स्पोन्सर गरेका छन् । स्वर्गीय शशिकान्त बर्मा रुपन्देही जिल्लाको क्रिकेट खेलको विकासमा अम्पायर तथा खेलाडीको रुपमा योगदान पु¥याउने व्यक्तित्व मानिन्छन् भने स्वर्गीय सकुन्तला बर्मा रुपन्देही जिल्लाको महिला नेतृ थिइन् ।





थप समाचार

प्रतिस्पर्धात्मक खेलका बाबजुद भारतसंग नेपाल पराजित

१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । हारसँगै नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ […]

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]