एपेक्सको सेमिफाइनल सम्भावना बलियो

  • विकेटनेपाल – भैरहवा, २४ माघ ।

भैरहवाको सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग अन्तर्गत ‘ए’ डिभिजनको समूह ‘बी’ को सोमबार भएको दोस्रो खेलमा एपेक्स क्रिकेट क्लब शंकरनगरले ज्ञानोदय क्रिकेट क्लब करहियालाई ९ विकेटले हराउँदै विजयी भएको छ । जितसँगै एपेक्सले सेमिफाइनलको सम्भावनालाई बलियो बनाएको छ ।

टस हारेर ब्याटिङ गर्ने अवसर पाएको ज्ञानोदयले निर्धारित ४० ओभरको खेलमा २६.३ ओभरमा सबै विकेट गुमाउँदै ७१ रन मात्र बनाउन सक्यो । ज्ञानोदयका लागि सन्तोष क्षेत्रीले २५ तथा विशाल गोतामेले १५ रन बनाए । ज्ञानोदयलाई सस्तैमा समेट्ने क्रममा एपेक्सका मोइनुद्दीन खाँन र अर्जुन बश्यालले समान ३/३ तथा महेन्द्र सुवेदी र अनिल खरेलले २/२ विकेट लिए ।

प्रतिउत्तरमा ७२ रनको विजयी लक्षय पाएको एपेक्सले ११ ओभरमा १ विकेटको नोक्सानीमा ७४ रन बनाउँदै विजयी हासिल गर्यो । एपेक्सको जितमा विपिन न्यौपानेले २५, महेन्द्र सुवेदीले २० रन बनाएका थिए । ज्ञानोदयका सन्तोष क्षेत्रीले १ विकेट लिए । खेलको म्यान अफ द म्याच ऐक्सका मोइनुद्दीन खाँन घोषित भए। अब यो समूहमा रहेको प्रोफेसनल मास्टर्स ११ र एपेक्स बीच हुने खेलले यो समूहबाट सेमिफाइनलमा जाने टिमको टुंगो लाग्ने छ । हारका बाबजुत पनि ज्ञानोदयको सेमिफाइनलको बाटो एपेक्स र मास्टर्स ११ को खेलमा निर्भर छ ।

रुपन्देही क्रिकेट संघको आयोजना, नेपाल टेलिकमको प्रमुख प्रायोजन र बुम रेमिटको सहप्रायोजनमा जारी प्रतियोगिता अन्तरग मंगलबार समूह सीमा रहेका होराइजन क्रिकेट क्लब बुटवल र वेष्टन क्रिकेट क्लब बुटवलबीच प्रतिस्पर्धा हुनेछ । जारी प्रतियोगिता फागुन ४ गतेसम्म संचालन हुने छ । प्रतियोगिताका बिजेताले ५० हजार, उपबिजेताले २५ हजार, उत्कृस्ट खेलाडीले १० हजार, उत्कृस्ट बलर र उत्कृस्ट ब्याट्सम्यान दुबैले ५/५ हजार नगद पुरस्कार पाउने छन् ।





थप समाचार

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]