एपिएफ तेस्रो स्थानमा

काठमाडौं। सुदूरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली एपिएफ प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ।

शुक्रबार सम्पन्न खेलमा एपिएफ तीन विकेटले विजयी भएको हो। सुदूरले दिएको १९२ लक्ष्य एपिएफले ३६.३ ओभरमा सात विकेट गुमाउँदै पूरा गर्‍यो।

एपिएफका सन्दीप जोराले सर्वाधिक ५१ रन बनाए। ६८ बल खेलेका उनले पाँच चौका प्रहार गरे। आसिफ शेख ३२, लोकेश बम १९, दीपक बोहरा १६ र रोहितकुमार पौडेल १४ रनमा आउट हुँदा भुवन कार्की १४ रनमा अविजित रहे।

सुदूरका शेर मल्ल, विकाश आग्री र नरायण जोशीको नाममा समान दुई विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेकाे सुदूरले ३६.३ ओभरमा १९२ रन बनाउँदा सबै विकेट गुमाएकाे थियाे।

यो नतिजासँगै एपिएफले सात खेलबाट आठ अंक पुर्‍याएको छ। सुदूरको भने समान खेलबाट चार अंक छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy