पीएम कप : लुम्बिनी र एपिएफ विजयी

 

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको आ–आफ्नो खेलमा विजयी भएका हुन्।

लुम्बिनीले बागमती प्रदेशलाई ४८ रनले हराउँदै प्रतियोगितामा तेस्रो जित निकालेको थियो।

लमहीस्थित, देउखुरी क्रिकेट स्टेडियममा लुम्बिनीले दिएको ११६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रन बनाउँदै अलआउट भएको हो।

बागमतीका लागि कप्तान पृथु बास्कोटाले सर्वाधिक १५ रन बनाए। ओपनर ब्याटर आशुतोष घिरौयाले ११ रन बनाउँदा अर्का ओपनर रित गौतम डक आउट भए।

सुमन सुनारले ११ रन बनाउँदै क्याच आउट भए। गौतम केसी ८ रनमा अविजित रहे। लुम्बिनीका लागि अजय चौहान र विप्रसन केसीले समान ३–३ विकेट लिए। निर्मल गुरुङ र रमेश कुर्मीले २–२ विकेट लिए।

त्यसअघि, टस जितेर ब्याटिङ गरेको लुम्बिनीले ३२.४ ओभरमा ११५ रन बनाउँदै अलआउट भएको थियो। उसका लागि आकाश त्रिपाठीले सर्वाधिक ३३ रन बनाए। उनले ५३ बलमा १ छक्का प्रहार गरे।

ओपनरद्वय मिर्नाल गुरुङ र मनिष थापाले क्रमशः ५ र १५ रन बनाए। कप्तान देव खनालले १५ रन बनाउँदा अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बागमतीका लागि गौतम केसीले सर्वाधिक ४ विकेट लिए। सुर्य तामाङ र इशान पाण्डेले समान २–२ विकेट लिए। रिजन ढकाल र सोनु देवकोटाले १–१ विकेट लिए।

यस्तै अर्को खेलमा एपीएफ क्लबले कर्णाली प्रदेशलाई ५ विकेटले पराजित गरेको हो।

सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको कर्णाली प्रदेशले ४७ ओभरमा १८९ रनमा अलआउट भएको थियो।

कर्णालीले दिएको १९० रनको लक्ष्य पछ्याएको एपीएफका लागि दीपक बोहोरा र सुमित महर्जनले शतकीय साझेदारी गर्दै टिमलाई जित दिलाएका हुन्। एपीएफले १९० को लक्ष्य ३९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो।

एपीएफका लागि दिपक बोहोराले सर्वाधिक ७० रनको अविजित पारी खेले। उनले ६७ बलमा ८ चौका र ४ छक्का प्रहार गरे। उनीसँगै छैटौं विकेटका १०४ रनको शतकीय साझेदारी गरेका सुमितको ब्याटबाट ३४ रन बन्यो। उनले ५३ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै अविजित रहँदै विजयी इनिङ्स खेले।

एपीएफका ओपनरद्वय लोकेश बम र आशिफ शेखले क्रमशः २२ र २५ रन बनाए। कप्तान रोहित पौडेलले २२ रन बनाए। सन्दीप जोरा र भुवन कार्कीले समान ६–६ रन बनाए। कर्णालीका लागि कप्तान दिवान पुन र दिपेन्द्र रावतले समान २–२ विकेट लिए। प्रकाश जैशीले १ विकेट लिए।





थप समाचार

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]