एपीएफलाई स्वर्णपदक : भुवनको उत्कृस्ट प्रदर्शन

शशस्त्र प्रहरी बल एपीएफले सातौ रास्ट्रिय क्रिकेट अन्तर्गत पुरुष क्रिकेटको स्वर्णपदक जितेको छ l बिराटनगर बैजनाथपुर मैदानमा सम्पन्न फाइनल खेलमा एपीएफले आर्मीलाई ४९ रनले पराजित गर्यो l

( स्कोरकार्ड )

शुक्रबारनै सम्पन्न कास्यपदकको लागि सम्पन्न खेलमा नेपाल पुलिस क्लबले मध्यमान्चललाई पराजित गर्दै कास्यपदक हात पार्यो l
( स्कोरकार्ड )

टस हारेर पहिले ब्याटिंग गरेको एपीएफले निर्धारित २० ओभरमा १२१/९ को स्कोर बनायो l प्रतिउत्तरमा ब्याटिंग गरेको आर्मीले १७.४ ओभरमा सम्पूर्ण विकेट गुमाउदै ४९ रनको हार बेहोरी रजत पदकमा चित्त बुझायो l

Bhuwan Karki
भुवन कार्की

एपीफको लागि ब्याटिंग तर्फ कप्तान पारस खड्काले सर्बाधिक ३३ रन बनाएका थिए भने भुवन कार्कीले अविजित २४ रन बनाए l

बलिंग तर्फ पनि भुवनले उत्कृस्ट प्रदर्शन गर्दै ४ विकेट आफ्नो नाम गरेपछि आर्मीले सजिलै हार सुम्पियो l शक्ति गौचन र यज्ञमान कुमालले २/२ विकेट हात पारे l यस अघि आर्मीको लागि सोमपाल कामि, बिक्रम सोब र चन्द्र साउदले २/२ विकेट हात पारेका थिए l

खराब ब्याटिंग गरेको आर्मीको लागि नरेश बुढायरले सर्ब्धिक १७ रन बनाए l

 

( बिस्तृत खबर आउन बाँकी…. )

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy