महिला प्रम कप : एपीएफ र लुम्बिनी सेमीफाइनलमा

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) र लुम्बिनी प्रदेश दाङमा जारि प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० प्रतियोगिताको समुह ‘ए’ बाट सेमीफाइनल प्रवेश गरेका छन्।

डिफेन्डिङ च्याम्पियन एपीएफले लगातार दोश्रो जित दर्ता गर्ने क्रममा प्रदेश-२ लाई ९ विकेटले पराजित गर्यो।  एपीएफले अघिल्लो खेलमा कर्णाली प्रदेशलाई २०४ रनले पराजित गरेको थियो। लुम्बिनी प्रदेशले पनि दुवै खेल जित्ने क्रममा प्रदेश-२ र कर्णाली प्रदेशलाई समान ९ विकेटले पराजित गरेको थियो। समुह ‘ए’ अन्तर्गत सोमबार एपीएफ र लुम्बिनी तथा प्रदेश-२ र कर्णाली बीच खेल हुनेछ जसले समुह विजेता र उपविजेता टिम तय गर्नेछ।

लमही क्रिकेट मैदानमा सम्पन्न खेलमा प्रदेश-२ ले दिएको ७३ रनको लक्ष्य एपीएफले २ विकेट गुमाएर १३.१ ओभरमा पुरा गर्यो। स्कोरकार्ड , अंकतालिका 

एपीएफको लागि ओपनर ज्योति पाण्डेले सर्वाधिक ३० तथा कप्तान सिता राना मगरले १८ रन योगदान दिए। सरिता मगरले अविजित ६ र इन्दु बर्माले अविजित १ रन बनाए।

लक्ष्य पछ्याउने क्रममा एपीएफ ओपनर ज्योति पाण्डे र सिता राना मगरले अर्धशतकीय साझेदारी गर्दै जितको आधार तयार गरे। १० औं ओभरमा सितालाई कविता गौतमले बोल्ड गरे। त्यसपछि ज्योतिले सरिता मगरसंग १८ रनको साझेदारी गरिन्। खेल जित्न ४ रन बाँकी रहंदा ज्योतिलाई सरस्वति चौधरीले एलबिडब्लु आउट गरिन्।

प्रदेश-२ को बलिंगमा कविता गौतमले १ मात्र विकेट हात पारिन् जसले ४ ओभरमा १३ रन खर्चिन्।

यस अघि टस जितेर ब्याटिंग रोजेको प्रदेश-२ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ७२ रन बनाएको थियो।

प्रदेश-२ को लागि ओपनर अनुराधा चौधरीले सर्वाधिक १८ तथा सोभा आलेले १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। सन्तोषी चौधरीले अविजित ९ रन तथा बिमला मगरले ६ रन बनाईन्। प्रदेश-२ का कुनै पनि खेलाडीले बाउन्ड्री प्रहार गर्न सकेनन्।

पहिलो विकेटको लागि सोभा र अनुराधाले २७ रनको साझेदारी गरेता पनि त्यसपछि एपीएफले लगातार विकेट निकाल्दै लगातार दबाब बनायो। त्यसबाहेक खेलमा अर्को ठूलो साझेदारी बन्न सकेन।

एपीएफको बलिंगमा कप्तान सिता राना मगरले सर्वाधिक २ विकेट हात पारिन्। रेखा रावल, करुना भण्डारी, इश्वरी बिस्ट र राजमती ऐरीले समान १ विकेट लिए।

राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अन्तर्गत नेपाल क्रिकेट संघले आयोजना गरेको प्रतियोगितामा विभागीय टोलि एपीएफ र ७ वटा प्रदेश गरि कुल ८ टिम सहभागी रहेका छन्। समुह ‘ए’ मा लुम्बिनी, कर्णाली, एपीएफ र प्रदेश-२ रहेका छन् भने समुह ‘बि’ मा प्रदेश-१ , बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेश रहेका छन्। समुह चरणमा सबै टिमले एक अर्का बिरुद्ध १/१ खेल खेलिसकेपछि अंकतालिकामा शिर्ष हुने २/२ टिम सेमीफाइनल प्रवेश गर्नेछन्।

प्रतियोगिताको विजेता टिमले ५ लाख रुपैयाँ तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै सेमीफाइनलमा पराजित हुने दुई टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको उत्कृस्ट खेलाडीले २१ हजार तथा उत्कृस्ट ब्याटिंग र बलिंग गर्ने खेलाडीले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]