प्रधानमन्त्री कप : शरदको कप्तानीमा एपीएफ टिम, सुबास र बसन्त बाहिर

पुष २६ गते देखि काठमाडौँमा सुरु हुने प्रधानमन्त्री कप टि-२० राष्ट्रिय प्रतियोगिताको लागि विभागीय टोलि नेपाल एपीएफ क्लबले १४ सदस्यीय टिमको घोषणा गरेको छ।

शरद भेसावकर कप्तानीको टिममा प्रदिप ऐरी, कमल सिंह ऐरी, सन्दिप जोरा, अविनाश बोहरा, आसिफ शेख, भुवन कार्की जस्ता राष्ट्रिय क्रिकेटर छन्।

यो पटक एपीएफ टिममा करन केसी, सुबास खकुरेल, बसन्त रेग्मी, शंकर राना र सुर्य तामाङले भने छैनन्। एपीएफ छोडेका करन नेपाल पुलिस क्लबमा अनुबन्धित भएका छन्। यस्तै हाल अमेरिकामा रहेका भेट्रान देब्रे हाते स्पिनर बसन्त रेग्मी पनि टिममा छैनन्। यस्तै ओपनर सुबास खकुरेल एपीएफ छाडेर यो पटक बागमती प्रदेशबाट खेल्नेछन्। शंकर राना पनि एपीएफ छाडेर नेपाल पुलिस क्लबमा पुगेका छन्।

एपीएफले यो पटक टिममा लोकेश बम, पुरन बिक, दिपक बोहरालाई भित्र्याएको छ। आक्रामक ब्याटिंग गर्ने बमले नेपाली यु-१९ राष्ट्रिय टिमको प्रतिनिधित्व गरिसकेका छन् भने यस अघि आर्मी क्लबको प्रतिनिधित्व गर्दथे। यु-१६ राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरिसकेका दिपक बोहरा सुदूरपश्चिम प्रदेशका हुन् जसले दुई वर्ष अघि एमएम कपमा सुदूरपश्चिमको प्रतिनिधित्व गरेका थिए। यस्तै राष्ट्रिय क्रिकेटर सोमपाल कामिको भाइ पुरण बिक पनि टिममा छन्। पुरणले २०१९ को पोखरा प्रिमियर लिगमा बुटवल ब्लास्टर्सको प्रतिनिधित्व गरेका थिए।

नेपाल एपीएफ क्लब टिम : शरद भेसावकर, प्रदिप ऐरी, सन्दिप जोरा, आसिफ शेख, लोकेश बम, रित गौतम, सुमित महर्जन, भुवन कार्की, अमर सिंह रौटेला, कमल सिंह ऐरी, अविनाश बोहरा, किशोर महतो, पुरण बिक, दिपक बोहरा

प्रधानमन्त्री कपको पछिल्लो संस्करण ( एकदिवसीय ) फाइनलमा एपीएफ त्रिभुवन आर्मी क्लबसंग ३२ रनले पराजित भएको थियो।

प्रतियोगितामा एपीएफ समुह ‘बि’ मा छ जुन समुहमा प्रदेश-२, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश छन्। समुह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर-१ छन्।

प्रतियोगितामा ७ वटा प्रदेश र तिन वटा विभागीय गरि १० टोलि सहभागी हुनेछन्। १० टिमलाई समुह ‘ए’ र ‘बि’ गरि दुई समुहमा बिभाजन गरिएको छ। समुह चरणमा सबै टिमले एक-अर्कासंग एक/एक खेल खेलेपछि दुवै समुहको उत्कृस्ट दुई टिम सेमीफाइनल पुग्नेछन्। खेलहरु टियु अन्तर्राष्ट्रिय मैदान कीर्तिपुर र मुलपानी मैदानमा आयोजना हुनेछ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]