एपीएफ ३१ रनले विजयी

२०८१ चैत्र ९, आईतवार १७:०१

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ क्लबले गण्डकी प्रदेशलाई ३१ रनले पराजित गरेको छ।

भैरहवाको एक्सट्रा टेक ओभलमा आइतबार सम्पन्न खेलमा एपीएफले दिएको २५९ रनको लक्ष्य पछाएको गण्डकीले निर्धारित ५० ओभभरमा ८ विकेट गुमाएर २२७ रन बनायो।

गण्डकीका लागि कर्जुन कुमालले सर्वाधिक ३९ रन बनाए। दिनेश मुढामगरले ३४ रन बनाउँदा सुदीप अर्याल २५ रनमा अविजित रहे। यस्तै, मुस्कान थापा र अमृत गुरुङले समान २३ रन बनाउँदा कप्तान विपिन खत्रीले १३ रन बनाए।

यता, बलिङतर्फ एपीएफका लागि अभिषेक गौतमले ३ ताथ अमर रौटेलाले २ विकेट हात पारे।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफका लागि ओपनर आसिफ सेखले ७४ बलमा ८० रनको आक्रामक पारी खेले। लोकेश बमले ४६ रन बनाए।

सुमित महर्जन ३१, कमल सिंह ऐरी २५, अमरसिंह रौटेला २४, दीपक बोहोरा ११, भुवन कार्की १५ रन बनाएर आउट भएका थिए।

गण्डकीका लागि सुदीप अर्याल र सन्दीप पराजुलीले समान ३ विकेट लिएका थिए। कमल परियारले २ विकेट लिँदा चन्द्र पौडेलले १ विकेट लिएका थिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy