पुलिसमाथि रोमान्चक जित हात पार्दै एपीएफ फाइनलमा

  • विकेटनेपाल – २७ जेठ, शनिबार

सशस्त्र प्रहरी बलको एपीएफ क्लब राजधानीमा जारि प्रदेश स्तरीय प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। किर्तिपुर मैदानमा आज सम्पन्न दोश्रो सेमिफाइनल खेलमा एपीएफले अर्को विभागीय टोलि नेपाल पुलिस क्लब माथि डकवर्थ लुइस नियमको आधारमा ९ रनको रोमान्चक जित दर्ता गर्यो। स्कोरकार्ड

टस जितेर पहिले ब्याटिंग गर्दै एपीएफले  निर्धारित ५० ओभरको खेलमा ४८.५ ओभर खेल्दै मात्र २०८ रन बनाउँदा सबै विकेट गुमाएको थियो। उसका लागि ओपनर ब्याट्सम्यान अनिल शाहले ४५ रन बनाउँदै पहिलो विकेटको लागि सुबास खकुरेल (२१ रन) सँग मिलेर ५७ रनको तथा चौथौ विकेटल लागि पृथु बास्कोटा(४०) सँग ६३ रन साझेदारी गरेका थिए। रोहित पौडेलले  ३२ रनको योगदान गरे। निकै खराब फिल्डिंग गरेको नेपाल पुलिसका खेलाडीले ४ क्याच छुटाएका थिए तर पृथु बास्कोटाको विकेट सँगै पुलिस एपीएफलाई लगातार दबाबमा राख्दै २०८ रनमा रोक्न सफल भयो।

बलिंगतर्फ नेपाल पुलिस क्लबका दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ३ विकेट हासिल  गरे भने आरिफ शेख र ललित राजबंशीले समान २-२ विकेट चट्काएका थिए।

जवाफमा २०९ रनको लक्ष्य पछ्याएको नेपाल पुलिस क्लबले १४.४ ओभरमा सुनिल  धमलाको २४ र दिपेन्द्र सिंह ऐरीको १३ रनको मद्दतमा २ विकेटको क्षति ५९ रन बनाएको थियो । तर त्यसपछि बर्षा बाधक बन्दा खेललाई २८ ओभरमा झारिएको थियो जहाँ  नेपाल पुलिस क्लबले १४१ रनको लक्ष्य पाएको थियो। त्यसपछि लगातार विकेट गुमाउँदा २८ ओभरमा ९ विकेट गुमाएर १३१ रनमात्र बनाउन सक्यो। पुलिसको इन्निंगमा कुशल भुर्तेलले सर्वाधिक ३० रन बनाउदै अन्तिमसम्म प्रयास गरेका थिए ।

बलिंगतर्फ म्यान अफ द म्याच समेत घोषित एपीएफका अमर सिंह रौटेलाले ३ विकेट लिन ३० रन खर्चेका थिए भने कप्तान बसन्त रेग्मीले २ विकेट लिए। कारण केसी  र कमलसिंह ऐरीको नाममा १/१ विकेट रह्यो।

प्रतियोगिताको फाइनल खेल सोमबार बिहान ९ बजेदेखि सुरुहुने छ। यसअघि त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबबिचको खेल आइतबार हुने जनाईएपनि आयोजकले आज जानकारी दिँदै खेल आइतबार हुने जनाएका छन्।





थप समाचार

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]