पुलिसमाथि रोमान्चक जित हात पार्दै एपीएफ फाइनलमा

  • विकेटनेपाल – २७ जेठ, शनिबार

सशस्त्र प्रहरी बलको एपीएफ क्लब राजधानीमा जारि प्रदेश स्तरीय प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। किर्तिपुर मैदानमा आज सम्पन्न दोश्रो सेमिफाइनल खेलमा एपीएफले अर्को विभागीय टोलि नेपाल पुलिस क्लब माथि डकवर्थ लुइस नियमको आधारमा ९ रनको रोमान्चक जित दर्ता गर्यो। स्कोरकार्ड

टस जितेर पहिले ब्याटिंग गर्दै एपीएफले  निर्धारित ५० ओभरको खेलमा ४८.५ ओभर खेल्दै मात्र २०८ रन बनाउँदा सबै विकेट गुमाएको थियो। उसका लागि ओपनर ब्याट्सम्यान अनिल शाहले ४५ रन बनाउँदै पहिलो विकेटको लागि सुबास खकुरेल (२१ रन) सँग मिलेर ५७ रनको तथा चौथौ विकेटल लागि पृथु बास्कोटा(४०) सँग ६३ रन साझेदारी गरेका थिए। रोहित पौडेलले  ३२ रनको योगदान गरे। निकै खराब फिल्डिंग गरेको नेपाल पुलिसका खेलाडीले ४ क्याच छुटाएका थिए तर पृथु बास्कोटाको विकेट सँगै पुलिस एपीएफलाई लगातार दबाबमा राख्दै २०८ रनमा रोक्न सफल भयो।

बलिंगतर्फ नेपाल पुलिस क्लबका दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ३ विकेट हासिल  गरे भने आरिफ शेख र ललित राजबंशीले समान २-२ विकेट चट्काएका थिए।

जवाफमा २०९ रनको लक्ष्य पछ्याएको नेपाल पुलिस क्लबले १४.४ ओभरमा सुनिल  धमलाको २४ र दिपेन्द्र सिंह ऐरीको १३ रनको मद्दतमा २ विकेटको क्षति ५९ रन बनाएको थियो । तर त्यसपछि बर्षा बाधक बन्दा खेललाई २८ ओभरमा झारिएको थियो जहाँ  नेपाल पुलिस क्लबले १४१ रनको लक्ष्य पाएको थियो। त्यसपछि लगातार विकेट गुमाउँदा २८ ओभरमा ९ विकेट गुमाएर १३१ रनमात्र बनाउन सक्यो। पुलिसको इन्निंगमा कुशल भुर्तेलले सर्वाधिक ३० रन बनाउदै अन्तिमसम्म प्रयास गरेका थिए ।

बलिंगतर्फ म्यान अफ द म्याच समेत घोषित एपीएफका अमर सिंह रौटेलाले ३ विकेट लिन ३० रन खर्चेका थिए भने कप्तान बसन्त रेग्मीले २ विकेट लिए। कारण केसी  र कमलसिंह ऐरीको नाममा १/१ विकेट रह्यो।

प्रतियोगिताको फाइनल खेल सोमबार बिहान ९ बजेदेखि सुरुहुने छ। यसअघि त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबबिचको खेल आइतबार हुने जनाईएपनि आयोजकले आज जानकारी दिँदै खेल आइतबार हुने जनाएका छन्।

samraat maharjan

Cricket is Life.Believe in your ability and Follow you passion. Never give up

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy