आर्मीको लगातार तेस्रो जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बिहीबार भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई १२७ रनले हराउँदै लगातार तेस्रो जित दर्ता गरेकाे छ।

एक्स्ट्राटेक ओभल मैदानमा आर्मीले दिएको २६३ रनको लक्ष्य पछ्याएको कर्णाली ३७.१ ओभरमा १३५ रनमा अलआउट भयो।

कर्णालीका लागि प्रकाश जैसीले अविजित अर्धशतक बनाएपनि अन्यबाट योगदान हुन सकेन। बिपिन रावलले २३ तथा दिनेश अधिकारीले २२ रन बनाए।

आर्मीका शाहब आलमले १० ओभरमा २८ रन दिएर ३ विकेट लिए। सोमपाल कामी, आकाश चन्द र कुशल मल्लले २-२ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ९ विकेट गुमाएर २६२ रन बनाएको थियो।

जिसँगै आर्मीले जारी प्रतियाेगितामा लगातार तेस्राे जित हासिल गरेकाे छ। तीन खेलबाट ६ अंक भएकाे छ भने पराजित कर्णालीकाे समान खेलबाट दुई अंक छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy