आर्मीकाे अपराजित यात्रा कायम

काठमाडौं। त्रितराज दासको सानदार शतकसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायम राखेको छ।

शनिबार सम्पन्न खेलमा आर्मीले कोशी प्रदेशलाई सात विकेटले पराजित गरेको हो। यो नतिजासँगै आर्मीले चार खेलबाट आठ अंक पुर्‍याएको छ। आर्मीले बागमतीलाई १३४ तथा कर्णालीलाई १२७ रनले पराजित गरेको थियो।

सुदूरपश्चिम प्रदेशमाथि भने आठ विकेटको सहज जित निकाल्यो। कोशी भने जारी प्रतियोगितामा जितविहीन छ। कोशीले लुम्बिनीसँग २६, मधेशसँग १६५ र पुलिससँग १५४ रनको हार बेहोरेको थियो।

कोशीले दिएको २३१ रनको लक्ष्य पछ्याएको आर्मीले ४७.१ ओभरमा तीन विकेट गुमाउँदै २३१ रन बनायो।

आर्मीलाई जित दिलाउन त्रितले सर्वाधिक ११२ रन बनाए। १३९ बल खेलका उनले १४ चौका र क छक्का प्रहार गरे। कप्तान विनोद भण्डारीले २७ र भीम सार्कीले १२ रन बनाउँदा बसिर अहमद ६१ रनमा अविजित रहे।

कोशीका सन्दीप ढुंगाना, भुपाल लुइटेल र प्रकाश कार्कीले समान एक विकेट लिए।





थप समाचार

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]