आर्मीको छैटौँ जित

काठमाडौं । विभागिय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा छैटौं जित दर्ता गरेको छ।

देउखुरी अन्तराष्ट्रिय रंगशालामा शुक्रबार सम्पन्न खेलमा आर्मीले गण्डकी प्रदेशलाई ६ विकेटले हराएको हो।

गण्डकीले दिएको ११७ रनको लक्ष्य आर्मीले २६.५ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्‍यो। आर्मीका लागि ओपनर तृतराज दासले ३७ रन बनाए। बसिर अहमद ३२ रनमा अविजित रहे।

गण्डकीका चन्द्र पौडेल, सुबास भण्डारी, बिपिन खत्री र सुदिप अर्यालले १-१ विकेट लिए।

त्यसअघि शाहब आलमले पाँच विकेट लिएपछि गण्डकी प्रदेश सामान्य योगफलमा रोकिएको थियो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गण्डकीले ३०.३ ओभरमा अलआउट हुँदै ११६ रन बनाएको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy