आर्मीले पुलिसलाई हरायो

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई ४ विकेटले पराजित गरेको छ।

यसअघि नै शीर्ष २ स्थानमा रहेर फाइनल पुगिसकेका यी दुई टिमबीच समूह चरणको अन्तिम खेलमा विहीबार प्रतिस्पर्धा भएको हो। अब उपाधि भिडन्त पनि यी दुईबीच शनिबार हुनेछ।

भैरहवामा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल पुलिस क्लबले ४१.४ ओभरमा सबै विकेट गुमाएर १४८ रन बनाएको थियो। पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरीले ५० रनको अर्धशतकीय पारि खेलेका थिए। आरिफ शेखले २२ रन बनाए।

यस्तै, रशिद खानले १७ तथा सागर ढकालले १६ रन बनाए। अर्जुन साउदको ब्याटबाट १३ रन बनेको थियो। आर्मीका शाहव आलमले सर्वाधिक ४ विकेट लिए। नरेन साउदले ३ विकेट लिए। यस्तै, कुशल मल्ल र भीम सार्कीको नाउँमा एक एक विकेट रह्यो।

१४९ रनको लक्ष्यसहित मैदान उत्रिएको आर्मीले लक्ष्य पूरा गर्न भने केही चुनौती सामना गर्नु परेको थियो।

आर्मीका तिर्त राज दाशले २५ रन बनाउँदा भीम सार्कीले २३ रनको पारि खेलेका थिए। सन्तोष कार्कीले २२ रन बनाउँदा बसिर अहमद १२ रन जोडेर आउट भए।

बिबेक यादवले ४१ रनको पारि खेल्दा र कप्तान विनोद भण्डारीले १३ रन बनाए।

पुलिसका ललित राजवंशीले सर्वाधिक ४ विकेट लिए। यसैगरी दीपेन्द्रसिंह ऐरी र करण केसीले एक एक विकेट लिए।





थप समाचार

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]