आर्मीले पुलिसलाई हरायो

२०८१ चैत्र १३, बिहीबार १७:०३

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई ४ विकेटले पराजित गरेको छ।

यसअघि नै शीर्ष २ स्थानमा रहेर फाइनल पुगिसकेका यी दुई टिमबीच समूह चरणको अन्तिम खेलमा विहीबार प्रतिस्पर्धा भएको हो। अब उपाधि भिडन्त पनि यी दुईबीच शनिबार हुनेछ।

भैरहवामा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल पुलिस क्लबले ४१.४ ओभरमा सबै विकेट गुमाएर १४८ रन बनाएको थियो। पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरीले ५० रनको अर्धशतकीय पारि खेलेका थिए। आरिफ शेखले २२ रन बनाए।

यस्तै, रशिद खानले १७ तथा सागर ढकालले १६ रन बनाए। अर्जुन साउदको ब्याटबाट १३ रन बनेको थियो। आर्मीका शाहव आलमले सर्वाधिक ४ विकेट लिए। नरेन साउदले ३ विकेट लिए। यस्तै, कुशल मल्ल र भीम सार्कीको नाउँमा एक एक विकेट रह्यो।

१४९ रनको लक्ष्यसहित मैदान उत्रिएको आर्मीले लक्ष्य पूरा गर्न भने केही चुनौती सामना गर्नु परेको थियो।

आर्मीका तिर्त राज दाशले २५ रन बनाउँदा भीम सार्कीले २३ रनको पारि खेलेका थिए। सन्तोष कार्कीले २२ रन बनाउँदा बसिर अहमद १२ रन जोडेर आउट भए।

बिबेक यादवले ४१ रनको पारि खेल्दा र कप्तान विनोद भण्डारीले १३ रन बनाए।

पुलिसका ललित राजवंशीले सर्वाधिक ४ विकेट लिए। यसैगरी दीपेन्द्रसिंह ऐरी र करण केसीले एक एक विकेट लिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy