शशस्त्र प्रहरी र आर्मी स्वर्णपदकको लागि भिड्ने

बिराटनगरमा जारि सातौ रास्ट्रिय क्रिकेटको पुरुष क्रिकेटतर्फको स्वर्णपदकको लागि फाइनलमा शशस्त्र प्रहरी बल र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेभएको छ l

बिहिबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा शशस्त्र प्रहरी बल ( एपीएफ ) ले मध्यमान्चललाई ८ विकेटले पराजित गर्यो l यस्तै दोश्रो सेमीफाइनलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई ८ विकेटलेनै पराजित गर्यो l

प्रतियोगिताको फाइनल खेल शुक्रबार १ बजे बैजनाथपुर मैदानमा संचालन हुनेछ भने बिहान ९ बजे नेपाल पुलिस क्लब र मध्यमान्चल तेश्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् l

एपीएफको सहज जित 

एपीएफले मध्यमान्चललाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनायो l ( स्कोरकार्ड )

टस जितेर पहिले ब्याटिंग रोजेको मध्यमाञ्चलले पहिले इनिंगमा १७.५ ओभरमा सबै विकेट गुमाउदै ६१ रन मात्रै बनाउन सक्यो l प्रतिउत्तरमा एपीएफले ९.३ ओभरमा लक्ष पुरा गर्यो l

मध्यमान्चलका हरिशंकर शाहले सर्बाधिक २१ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् l एपीएफ बलर करन केसी र बसन्त रेग्मीले २/२ विकेट हात पारे l

ब्याटिंगतर्फ एपीएफका प्रदिप ऐरीले अविजित ३३ रन बनाए भने पृथु बास्कोटाले अविजित ९ रन l सुबास खकुरेलले २ र आसिफ शेखले ८ रन बनाए l

आर्मी सामु पुलिस कमजोर 

बिहिबारनै सम्पन्न दोश्रो सेमिफाइनलमा पुलिस क्लबलाई आर्मीले ८ विकेटलेनै पराजित गर्यो l टस जितेर ब्याटिंग गरेको पुलिसले २० ओभरमा सम्पूर्ण विकेट गुमाउदै १४४ रन बनायो l ( स्कोरकार्ड )

पुलिसको लागि आरिफ शेखले ३५ र दिलिप नाथले ३२ रनको योगदान दिए l सोमपाल कामिले सर्बाधिक ३ तथा बिक्रम सोब र चन्द्र साउदले २/२ विकेट हात पारे l

१४५ रनको लक्ष आर्मीले १८.३ ओभरमा पुरा गर्यो l अनि मण्डलले अविजित सर्बाधिक ६२ तथा सागर पुनले अब्जित ५९ रन बनाए l

 

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy