आर्मी र पुलिस संयुक्त बिजेता

  • विकेटनेपाल- २५ जेठ

त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि  संयुक्तरुपमा जितेका छन् ।

टियु मैदानमा सम्पन्न फाइनल खेलको दोश्रो इनिंग वर्षाले पुरा हुन नपाएपछि खेलको नतिजा नआउदा उपाधि बांट्नु परेको हो l

टस हारेर ब्याटिंगको निम्तो पाएको नेपाल पुलिस क्लबले त्रिभूवन आर्मी क्लबका सामु १२७ रनको लक्ष्य दिएको थियो । पुलिसले ४५ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १२६ रन जोडेका थिए ।

जवाफी व्याटिङमा उत्रेका आर्मीले २ ओभरमा १ विकेट गुमाएर ७ रन जोड्दा वर्षा सुरु भएको थियो । त्यसपछिको लगातारको वर्षाले गर्दा खेल हुन नसकेपछि अम्पाएरले खेलको नियमानुसार दुवै टोलीलाई संयुक्तरुपमा विजेता घोषणा गरे ।

उपाधिसँगै आर्मी र पुलिसले रु १५/१५ लाख प्राप्त गरे । उक्त प्रतियोगिताका विजेता टोलीलाई रु २० लाख तथा उपविजेता टोलीलाई १० लाख नगद पुरस्कार प्रदान गर्ने व्यवस्था थियो ।

पुलिसका लागि ओपनर सुनील धमलाले सर्वाधिक ३२ रन जोडे । त्यसैगरी दीपेन्द्रसिंह ऐरी १९, सिद्धान्त लोहनीले २०, कुशल भुर्तेलले १५, सुशील कँडेलले १२, दिलिप नाथले नौ तथा अमित श्रेष्ठ र आरिफ शेखले समान ४-४ रन जोडे ।

प्रतियोगिताको उत्कृस्ट खेलाडी घोषित सागर पुनले रु. १ लाख प्राप्त गरे

पुलिसलाई सस्तैमा समेट्नेक्रममा आर्मीका जितेन्द्र मुखिया एक्लैले ४ विकेट लिए भने सुशान भारीले ३, सागर पुनले २ तथा सोमपाल कामीले १ विकेट लिए ।

अलराउण्ड प्रदर्शन गरेका आर्मीका सागर पुन प्रतियोगिता कै उत्कृष्ट खेलाडी घोषित भए । उनले ब्याटिङतर्फ १२६ रन र बलिङतर्फ सर्वाधिक १४ विकेट लिएका थिए । उपाधिसहित पुनले रु एक लाख प्राप्त गरे । प्राप्त रकमको २५ प्रतिशत बृद्धाश्रमलाई प्रदान गर्ने घोषणासमेत उनले सो अवसरमा गरे ।

त्यसैगरी पश्चिमाञ्चलका सौरभ खनाल उत्कृष्ट ब्याट्सम्यान चुनिए भने आर्मीका सुशान भारी उत्कृष्ट बलर बने । दुवै खेलाडीले जनही ५० हजार प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट युवा खेलाडी पश्चिमाञ्चलकै विपिन खत्री घोषित भए । उनले उपाधिसहित २५ हजार प्राप्त गरे ।
प्रतियोगिताको विजेता टोलीलाई उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ, युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहाल, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव केशवकुमार विष्टलगायतले पुरस्कार वितरण गरे ।

राखेपको आयोजनामा यही जेठ ९ गतेबाट सुरु भएको उक्त प्रतियोगितामा तीन विभागिय टोलीसहित पाँच विकास क्षेत्रका टोलीको सहभागिता थियो ।

 





थप समाचार

पुलिसको विजयी यात्रा जारी

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी यात्रा जारी राखेको छ। […]

पीएम कप : बागमती र कर्णाली विजयी

काठमाडौँ । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश र कर्णाली प्रदेशले आ–आफ्नो खेलमा जित हासिल […]

नरेनको कप्तानीमा नेपालले यु–१९ विश्वकप एसिया छनोट खेल्ने

काठमाडौं। नेपालले नरेन भट्टको कप्तानीमा आइसिसी यु–१९ विश्वकप एसिया छनोट खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार उनलाई […]

प्रधानमन्त्री कप : आर्मी र लुम्बिनी विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले जित हासिल गरेका छन्। […]

पुलिसकाे लगातार पाँचाैँ जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिम प्रदेशलाई हराउँदै नेपाल पुलिस क्बले लगातार पाँचाैँ जित हासिल गरेकाे […]

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]