आर्मी र पुलिस क्वाटरफाइनलमा

sunil dhamala

दोश्रो रस्लान कप मंगलबार देखि सुरु भएको छ l टियु मैदानमा उप-रास्ट्रपति नन्दकिशोर पुनले बलिंग गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभयो l

मंगलबार सम्पन्न २ वटा खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब बिजयी हुँदै क्वार्टरफाइनल प्रवेश गरेका छन् l

पहिलो खेलमा टस जितेर नेपाल पुलिसले ब्याटिंग गर्दै २० ओभरमा १८३/६ को स्कोर खडा गर्यो l ओपनर द्वय सुनिल धमला र दिलीप नाथले क्रमशः ५४ र २६ रन बनाए l धमलाले ५६ बलमा ३ चौका र २ छक्का प्रहार गरे l  आठौ नम्बरमा ब्याटिंग गरेका कुशल भुर्तेलले आक्रामक अविजित ३३ रन बनाएपछि पुलिसले बिशाल लक्ष बनायो l भुर्तेलले मात्र ११ बलमा ३ छक्का र ३ चौका प्रहार गरे l  ( स्कोरकार्ड )

१८४ रनको लक्ष पछ्याउने क्रममा हिमालयन क्रिकेट एकेडेमीका ओपनर भुपेन्द्र थापाले ७३ रनको इनिंग खेलेपनि अन्य ब्याट्सम्यानहरु चल्न सकेनन् l दिपेन्द्र ऐरीले रन आउट गर्नु अघि थापाले ५९ बलमा ८ चौका र ३ छक्का प्रहार गरे l हिमालयनका अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् फलस्वरुप १९.४ ओभरमा १०२ मा सम्पूर्ण विकेट गुमाउदै खेल ८१ रनको बिशाल अन्तरले गुमायो l

पुलिस बलर आरिफ शेख र प्रेम तामांगले समान ३ विकेट तथा दिपेन्द्र ऐरीले २ विकेट लिए l

सुनिल धमला अर्धशतक प्रहार गरेपछि
सुनिल धमला अर्धशतक प्रहार गरेपछि

मुखियाको धारिलो बलिंग 

मंगलबारनै सम्पन्न दोश्रो खेलमा त्रिभुवन आर्मीले न्यु राइजिंग स्टारलाई ९ विकेटले सहजै पराजित गर्यो l ( स्कोरकार्ड )

पहिले ब्याटिंग गरेको न्यु राइजिंगले १८.३ ओभरमा सबै विकेट गुमाई ८७ रन मात्रै बनाउन सक्यो l सुशान्त सिंह थापा र राजबिर शाहीले समान १८ रनको योगदान दिए l

जितेन्द्र मुखियाले ४ तथा सागर पुनले ३ विकेट लिएपछि न्यु राइजिंग निरिह देखिएको थियो l

८८ रनको लक्ष आर्मीले ११.१ ओभरमा पुरा गर्यो l सागर पुनले अविजित ३९ तथा नरेश बुढाएरले अविजित १८ रन बनाए l महेश क्षेत्री २४ रन बनाएर आउट भए l

प्रतियोगिताको बिजेता टोलिले ३ लाख र उपविजेताले २ लाख रुपैया प्राप्त गर्नेछन् l

प्रतियोगिताको खेल तालिका हेर्न क्लिक गर्नुस 





थप समाचार

एलपीएल : युथ अफ टिकापुर र सत्यवती एकेडेमी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत पाँचौ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

एलपीएल : घोडाघोडी र कैलाली जिल्ला क्रिकेट क्लव विजयी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]