आर्मी र पुलिस क्वाटरफाइनलमा

दोश्रो रस्लान कप मंगलबार देखि सुरु भएको छ l टियु मैदानमा उप-रास्ट्रपति नन्दकिशोर पुनले बलिंग गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभयो l

मंगलबार सम्पन्न २ वटा खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब बिजयी हुँदै क्वार्टरफाइनल प्रवेश गरेका छन् l

पहिलो खेलमा टस जितेर नेपाल पुलिसले ब्याटिंग गर्दै २० ओभरमा १८३/६ को स्कोर खडा गर्यो l ओपनर द्वय सुनिल धमला र दिलीप नाथले क्रमशः ५४ र २६ रन बनाए l धमलाले ५६ बलमा ३ चौका र २ छक्का प्रहार गरे l  आठौ नम्बरमा ब्याटिंग गरेका कुशल भुर्तेलले आक्रामक अविजित ३३ रन बनाएपछि पुलिसले बिशाल लक्ष बनायो l भुर्तेलले मात्र ११ बलमा ३ छक्का र ३ चौका प्रहार गरे l  ( स्कोरकार्ड )

१८४ रनको लक्ष पछ्याउने क्रममा हिमालयन क्रिकेट एकेडेमीका ओपनर भुपेन्द्र थापाले ७३ रनको इनिंग खेलेपनि अन्य ब्याट्सम्यानहरु चल्न सकेनन् l दिपेन्द्र ऐरीले रन आउट गर्नु अघि थापाले ५९ बलमा ८ चौका र ३ छक्का प्रहार गरे l हिमालयनका अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् फलस्वरुप १९.४ ओभरमा १०२ मा सम्पूर्ण विकेट गुमाउदै खेल ८१ रनको बिशाल अन्तरले गुमायो l

पुलिस बलर आरिफ शेख र प्रेम तामांगले समान ३ विकेट तथा दिपेन्द्र ऐरीले २ विकेट लिए l

सुनिल धमला अर्धशतक प्रहार गरेपछि
सुनिल धमला अर्धशतक प्रहार गरेपछि

मुखियाको धारिलो बलिंग 

मंगलबारनै सम्पन्न दोश्रो खेलमा त्रिभुवन आर्मीले न्यु राइजिंग स्टारलाई ९ विकेटले सहजै पराजित गर्यो l ( स्कोरकार्ड )

पहिले ब्याटिंग गरेको न्यु राइजिंगले १८.३ ओभरमा सबै विकेट गुमाई ८७ रन मात्रै बनाउन सक्यो l सुशान्त सिंह थापा र राजबिर शाहीले समान १८ रनको योगदान दिए l

जितेन्द्र मुखियाले ४ तथा सागर पुनले ३ विकेट लिएपछि न्यु राइजिंग निरिह देखिएको थियो l

८८ रनको लक्ष आर्मीले ११.१ ओभरमा पुरा गर्यो l सागर पुनले अविजित ३९ तथा नरेश बुढाएरले अविजित १८ रन बनाए l महेश क्षेत्री २४ रन बनाएर आउट भए l

प्रतियोगिताको बिजेता टोलिले ३ लाख र उपविजेताले २ लाख रुपैया प्राप्त गर्नेछन् l

प्रतियोगिताको खेल तालिका हेर्न क्लिक गर्नुस 

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy