रोमान्चक खेलमा पश्चिमाञ्चल पराजित – फाइनलमा पुलिससंग भेट

Sandeep Lamichhane
  • विकेटनेपाल – जेठ २४

रोमान्चक खेलमा पश्चिमाञ्चललाई ४ विकेटले पराजित गर्दै त्रिभुवन आर्मी क्लब प्रथम प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । ( स्कोरकार्ड )

आर्मीले अब उपाधिका लागि फाइनलमा बिहिबार अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

पुलिसले एपीएफलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो l पश्चिमाञ्चलले दिएको २ सय ३६ रनको लक्ष्य आर्मीले ४८.२ ओभरमा २ सय ४१ रन बनाउँदै भेट्टायो ।

बिजयी सट प्रहार गर्दै सोमपाल कामि
जितपछि सोमपालको खुसि

आर्मीको जितमा सागर पुनले सर्वाधिक ६५ रनको योगदान दिए । त्यस्तै, अनिल मण्डलले ४८, राजेश पुलामी मगरले नटआउट ५५, राजु रिजालले २६ तथा सोमपाल कामीले नटआउट १० रन जोडे ।

छक्का प्रहार गर्दै अर्धशतक पुरा गरेपछि राजेश पुलामी

बलिङ तर्फ पश्चिमाञ्चलका लागि धिरज शाहीले २ तथा विपिन खत्री, कृष्ण कार्की र रोहित पौडेलले समान १/१ विकेट लिए ।

सौरभ खनालको बलमा छक्का प्रहार गर्दै राजेश पुलामी

यसअघि, टस गुमाएर पहिले ब्याटिङ गरेको पश्चिमाञ्चलले ९ विकेटको क्षतिमा २ सय ३५ रन बनायो । पश्चिमाञ्चलका लागि सौरभ खनालले ८२ तथा कृष्ण कार्कीले ७५ रन बनाए । त्यस्तै, नुरध्वज सेनले २६, प्रकाश केसीले १३ तथा विपिन खत्रीले नटआउट १ रन बनाए । आर्मीका लागि सोमपाल कामी, जितेन्द्र मुखिया सागर पुन र शाहव आलमले समान २/२ तथा सुशन भारीले १ विकेट लिए ।

सौरभ खनालले ८ छक्का र २ चौका प्रहार गर्दै ८२ रन बनाए
सौरभ खनालले छक्का प्रहार गरेको बल समाउने प्रयास गर्दै दर्शकहरु

एक समय ६६/७ को खराब स्थितिमा रहेको पश्चिमाञ्चललाई सौरभ खनाल र कृष्ण कार्कीले आठौ विकेटको लागि १५५ रनको साझेदारी गर्दै अघि बढाएका थिए l खनालले ८ छक्का र २ चौका प्रहार गर्दै ८२ रन बनाए भने कार्कीले ६ छक्का र २ चौका मदतले ७५ रन बनाएका थिए l

सर्वाधिक धनराशिको प्रतियोगिता प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत बिहिबार हुने फाइनलको विजेताले २० लाख र उपविजेताले १० लाख नगद पुरस्कार पाउने छन् ।





थप समाचार

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]

दिल्लीको पहिलो हार

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई […]