आर्मीको जितको ह्याट्रिक, शक्ति गौचनको धारिलो बलिंगमा प्रदेश ५ को पहिलो जित

Shakti Gauchan
  • विकेटनेपाल, जेठ २० – आइतबार

राजधानीमा जारि प्रदेश स्तरीय प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न खेलहरुमा प्रदेश नम्बर ५ र त्रिभुवन आर्मी क्लब (टिएसी) ले जित दर्ता गरेका छन्।

सागर पुनको अलराउण्ड प्रदर्शनमा आर्मीको जितको ह्याट्रिक

मुलपानी मैदानमा सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबले प्रदेश नम्बर ४ लाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगिता अन्तर्गत लगातार तेस्रो जित हासिल गरेको छ। स्कोरकार्ड , बलबाईबल कमेन्ट्री

टस जितेर पहिले ब्याटिंग गरेको प्रदेश नम्बर ४ का लागि ओपनर ब्याट्सम्यान अनिल गुरुङले अविजित रहँदै ४२ रनको पारि खेलेपछि निर्धारित ५० ओभरको खेलमा २९ ओभरमा सबै विकेट गुमाउंदै मात्र ७६ रनको योगफल तयार पारेको थियो। अनिल गुरुङले ९० बलको सामना गर्दै ७ चौका प्रहार गरेपनि अन्य ब्याट्सम्यानको सर्बाधिक स्कोर ८ रन रहँदा अतिरिक्त १६ रन बनेको थियो।

Sagar Pun
Sagar Pun

बलिंगतर्फ बलियो त्रिभुवन आर्मी क्लबका लागि शाहब आलमले ३ ओभरमा १ मेडन सहित ६ रन खर्चेर ३ विकेट हातपार्दा बिक्रम सोबले १३ र सागर पुनले १४ रन खर्चिंदै समान ३ विकेट लिएका थिए। १ विकेट सुशान भारीको नाममा रह्यो।

जवाफमा ७७ रनको झिनो लक्ष्य पछ्याएको आर्मीले १६.४ ओभरमा मात्र १ विकेट गुमाएर २०० बल अगावै पुरा गरेको थियो। उसका लागि पहिलो विकेटको रुपमा सागर पुन २६ रन बनाएर आउट हुनुपूर्व अनिल मण्डल (अविजित २८ रन) सँग ४४ रनको साझेदारी गरेका थिए। नरेश बुढाएर १० रनमा अविजित रहे।

शक्ति गौचनको धारिलो बलिंगमा प्रदेश ५ को पहिलो जित

किर्तिपुर मैदानमा भएको खेलमा प्रदेश नम्बर ५ ले प्रदेश नम्बर ६ लाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात पारेको छ। यस अघि प्रदेश ७ सँगको खेल बर्षाले रद्द भएको थियो। स्कोरकार्ड, बलबाईबल कमेन्ट्री

टस हारेर पहिले ब्याटिंग गरेको प्रदेश नम्बर ६ ले खराब ब्याटिंग गर्दै निर्धारित ५० ओभरको खेलमा २२.५ ओभरमा सबै विकेट गुमाउँदै ५५ रनमात्र बनाएको थियो। कुनै समय ८/५ को अवस्थामा रहेको उसका लागि दिवान पुन र विजय बिस्टले छैठौं विकेटको रुपमा ३१ रनको साझेदारी गरेका थिए। पुनले ९ रन तथा बिस्टले १७ रन बनाए भने अतिरिक्त १५ रन पनि पाएका थिए।

Shakti Gauchan
Shakti Gauchan

बलिंगतर्फ प्रदेश ५ का लागि धारिलो बलिंग प्रस्तुत गर्दै कप्तान शक्ति गौचनले ३ विकेट लिन ६ ओभरमा ३ मेदन राख्दै मात्र ४ रन खर्चिए।  त्यस्तै लेग स्पिनर बिक्रम भुसालले ३ विकेट लिन १३ रन खर्चिंदा कृष्ण कार्की र लालबहादुर अधिकारीले २/२ विकेट लिए।

जवाफमा सन्दिप सुनार र शंकर रानाले आक्रामक खेल प्रस्तुत गर्दै पहिलो विकेटको लागि ५४ रनको साझेदारी गरेपछि प्रदेश ५ ले १०.४ ओभरमा लक्ष्य पुरा गरेको थियो। सन्दिपले अविजित २७ रन (३० बल) तथा शंकरले २९ रन (३१ बल) बनाएका थिए।





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]